निर्वाचनपछिको वाम कचिङ्गलले काँग्रेसको तालुमा आलु फलाउने पो हो कि ?

229

चन्द्रप्रकाश बानियाँ

आसन्न निर्वाचनको सन्दर्भमा सार्वजनिक भएको तीनवटा भूतपूर्व कम्युनिष्ट पार्टीहरुबीचको चुनावी तालमेलको निर्णयले नेपालको पुरानो र ठूलो पार्टी नेपाली काँग्रेसलाई आवश्यकताभन्दा बढी नै तर्साएको छ । तालमेलप्रति दलहरु इमान्दार रहेभने निर्वाचनपरिणाम अनुकूल आउने कुरा स्वाभाविक हुन्छ र नेपाली काँग्रेसका लागि ठूलो पार्टीको हैसियत कायम गर्न निकै उकालो पर्न पनि सक्छ । तर नेपाली काँगे्रसलाई अत्याउने कुरा चुनावी तालमेल मात्र होजस्तो लाग्दैन । छ बुँदे सहमतिमा परेको ’तालमेलाई पार्टी एकतासम्म पु¥याउने’ तीनदलको समझदारीले काँग्रेसलाई होस हराउने अवस्थामा पु¥याएको हो । स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेससँग तालमेल गरेको माओवादी केन्द्र संसदीय निर्वाचनमा एमालेसँग तालमेल गर्न तयार हुन्छ भने सरकार बनाउने बेलामा नेपाली काँग्रेससँग हात मिलाउन अग्रसर हुन लाज मान्ला भनेर पत्याउन सकिन्नथ्यो । अघिल्लो पटक एमालेसँगको सहमति तोडेर काँग्रेससँग घाँटी जोड्न आएको घटना पुरानो भैसकेको थिएन । त्यसैले एमालेसँग चुनावी तालमेल गरेको माकेलाई फेरि पनि आफ्नो कित्तामा तान्न सकिदैन भनेर निराश भैहाल्नु पर्ने थिएन । तर निर्वाचन लगत्तै पार्टी एकीकरणको पहल लिने कुराले काँग्रेसलाई हतास बनाएको हो ।
पार्टी एकीकरण सजिलो विषय होइन तापनि एकता टाढा छ भन्न पनि सकिदैन । सैद्धान्तिक दृष्टिले, खासगरेर, एमाले र माकेका बीचमा आश्चर्यजनक समानता देखिन्छ । माकेले हेटौंडा महाधिवेशनबाट ’देशमा जनवादी क्रान्ति सम्पन्न भैसक्योे’ भनेर घोषणा गरेपछि लगत्तै सम्पन्न भएको एमालेको नवौं महाधिवेसनले पनि त्यही कुरा लाई अनुमोदन (पारित) गरेको थियो । जनवादी क्रान्ति सम्पन्न भएपछि कम्युनिष्टहरुको लक्ष समाजवाद हो । दुबैको मान्यता मिलेपछि र जानुपर्ने गन्तव्य एउटै भएपछि अलग कित्तामा डटिरहनुको कुनै औचित्य थिएन । यहीनेर एउटा आश्चर्य लाग्ने विषय देखापरेको थियो । आँठौ महाधिवेशनसम्मका एमालेका दस्तावेजहरु हेर्दा पार्टीले जनवादी क्रान्तिको लागि ’शक्ति सञ्चय’ गर्दै थियो । ’कुचोले गर्नुपर्ने काम हावाले गरिदियो’ भनेजस्तो एमालेले जानवादी क्रान्तिको लागि तागत जुटाउँदै गर्दा जनवादी क्रान्ति आकाशबाट झरेछ । प्रयत्न गर्नै परेन । ’लाटोबुङ्गाको दन्त्य कथामा झै’ जनवाद त फुरौला बनेर आकाशबाट बर्सिएछ ! दैवले अर्थात अदृश्य शक्तिले एमालेको मनोवांक्षा पूर्ण गरिदियो । सम्भवतः पशुपतिको भट्टलाई पुनस्थापना गर्ने महान क्रान्तिकारी र खाँटी राष्ट्रवादी कार्य सम्पन्न गरेवापत प्रशन्न भएका भगवान पशुपतिले एमालेको पोल्टामा थपक्क जनवाद नामको प्रसाद थमाइदिएछन कि ? सायद, आगामि दिनमा पनि समाजवादका निमित्त राजनीतिक दलहरुले परिश्रम गर्नुपर्ने छैन । समाजवादी क्रान्तिको तयारी गर्दागर्दै कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु एकविहान ओछयानबाट उठ्दा राजनीतिक दलहरुका आँगनमै समाजवाद लम्पसार पर्न आइपुगेको अकल्पनीय दृश्य देख्न पाउने छन् !
एकताको हल्ला साँच्चै पार्टी एकता गर्नैका लागि हो कि नेपाली काँग्रेसमा पराजयको मनोग्रन्थी विकास गर्नका लागि मात्र हो भनेर खुटयाउने कार्य भने सजिलो छैन । पछिल्ला निर्वाचन परिणामले एमाले र काँग्रेसलाई मुख्य प्रतिश्पर्धीका रुपमा स्थापित गरिदिएको छ । एउटाको विजय अर्कोको पराजयमै सम्भव हुने हो । काँग्रेस पराजित नहुदासम्म आफ्नो विजय सम्भव छैन भन्ने कुरा एमालेले निकै ढिलो गरी बुझेजस्तो देखिन्छ । दोश्रो संविधानसभामा काग्रेससँग सगोलमा चुनाव जितेको एमालेको दावीलाई काँग्रेसले नलत्याउँदासम्म उसको घंैटोका घाम लागेको थिएन । माकेसँग गरेको सत्तानेतृत्व आलोपालो गर्ने सहमति तोडदाम्म पनि काँग्रेसबाट पाएको उपेक्षाबाट एमाले चेतिसकेको थिएन ।

’नपत्यउँदो केजातिले मुख पोल्छ’ । काँग्रेसको सहयोग समर्थनमा माकेले आफूलाई सत्ताच्यूत गरेपछि बल्ल एमाले छाँगाबाट खसेजस्तो भएको हो । स्थानीय निकायको निर्वाचनमा काँग्रेसको तुलनामा बढी लोकप्रिय मत ल्याउन नसकेपछि एमालेको चेत फिरेको हो । अर्थात माके काँग्रेस गठन्धन जुनसुकै मूल्यमा नतोड्ने हो भने सत्ताबाट निकै लामो समयसम्म हातधुनुपर्छ भन्ने दिव्यज्ञान फुरेको हुनाले नै माकेसँग तालमेल गर्ने मात्रै होइन, पार्टी एकता गर्नेसम्मको अवस्थामा पु¥याएको हो ।
नेताहरुले त चुनावी तालमेललाई पार्टी एकीकरणसम्म पु¥याउने उदघोष गरेका छन तर निर्वाचनपछि लगत्तै गठबन्धन टुट्ने छैन भनेर ढुक्क हुने स्थिति भने देखिदैन । प्रारम्भमा तीनवटै दल अर्थात एमाले, माके र नयाँ शक्तिले सूर्य चिन्ह लिएरै चुनावमा जाने सहमति भयो रे भन्ने हल्लाले बजार पिटेको थियो । भोलिपल्टै त्यो कुरा खण्डित भो । माकेभित्र उठन सक्ने विद्रोहको सम्भावनाले प्रचण्डलाई कुरो फेर्न वाध्य बनायो । उसो त कुरो फेर्ने कुरामा माओवादी अध्यक्ष उसै पनि वदनाम छँदै छन । उनको त्यही वानीका कारणले पनि वाम तालमेलको भविष्यप्रति शंका उठ्नु अस्वाभविक मानिदैन । क्रमभङ्गको सुन्दर गाउन पहिरेर प्रचण्ड जुन तालमा पनि नाच्न तयार हुनेछैनन भनेर भविष्यवाणी गर्नु हतारो हुनेछ । पिधविनाको लोटाजस्तो सैद्धान्तिक आधारविनाको बहुदलीय जनवादको माला जपेर दिव्य दुईदशक बिताइसकेको एमालेका लागि सैद्धान्तिक मूल्य मान्यताको कुनै अर्थ नरहे पनि माओवाद पथ्य हुनेछैन । सिद्धान्तका सबै जामा मिल्काएर नाङ्गै हुन प्रचण्ड तयार भए पनि माओवादी केन्द्रभित्र त्यस्तो पंक्तिको पनि उपस्थिति छ जस्ले तत्काल माओवादको फुर्को त्याग्ने आँट गर्न सक्नेछैन । त्यस्तो कुराको छनक नयाँ नाटकको पर्दा नउठ्दै देखिइसकेको छ । त्यसमाथि सामाजिक सञ्जालहरु मात्र होइन तत्तत पार्टीका कोटरीहरुमा यतिबेला व्यक्त हुनथालेको असन्तुष्टि र तिक्तताले एकता त के चुनावी तालमेलले पनि अपेक्षित लाभ नदिने लक्षण देखाइसकेको छ ।
अर्घाखाची पुगेर ओलीले र दाङबाट पोखरेलले सार्वजनिक गरेका माकेलाई होच्याउने अभिव्यक्तिहरुले दुई पार्टीबीच दीर्घ सहकार्य हुनसक्ने कुरामा शंका उत्पन्न गरिदिएका छन । भन्न त बाबुराम भट्टराईले आफूसँग कुनै महत्वाकाँक्षा बाँकी नरहेको र पार्टीको ’¥याङ्क एण्ड फाइलमा हुनसक्ने तलमाथिले कुनै अर्थ राख्दैन’ भने पनि उनी मायामोहबाट विरक्त भएर परिव्रज्या ग्रहण गर्ने अवस्थामा पुगिसकेका होइनन । नयाँ शक्ति आर्जन गर्ने अभ्यासमा प्राप्त असफलताले अरुको बारीमा फलेको अङ्गुरलाई ’अमिलो’ देख्न थालेको मनोग्रन्थी मात्र हो त्यो । जे भए पनि आम जनताले भने दक्षिणाभिमुख वाम पार्टी एकताको हल्लालाई सकारात्मक रुपमा लिएको छ । गाउँघरतिर गर्मी याममा पानीमा चुक घोलेको सर्वत पिउने चलन छ । चुकको सर्वत स्वादिलो बनाउनका लागि अलिकता नुन र अलिकता चिनी पनि थपिन्छ । एमाले नामको चुकमा नयाँ शक्ति र माओवादी नामको नुन र चिनी थपिदा सर्वत स्वादिलो होला कि भन्ने कल्पना नेपाली जनताको हो । नत्र भने जनताले वाम गठबन्धनबाट उति धेरै आशा राख्नेठाउँ देखेको होलाजस्तो लाग्दैन ।
चुनाव चिन्ह चुनावी प्रयोजनका लागि मात्र हो । चुनाव चिन्हले पार्टीको नीति, सिद्धान्त वा कार्यक्रमको प्रतिनिधित्व गर्दैन । संयुक्त राज्य अमेरिकाका दुई ठूला पार्टीहरुको चिन्ह हात्ति र गधा छन ।

हात्तिको गतिलाई गधाले उछिन्न कदापि सक्तैन । त्यसैले जानी जानी हारको संकेत मानिने गधा चिन्हलाई निरन्तरता दिइदैनथ्यो होला । २०३७ सालको जनमत संग्रहमा बहुदलको निलो र पञ्चायतको चुनाव चिन्ह पहेलो रङ्ग थियो । नेपालको सन्दर्भमा पञ्चायतका सुरुवाती दिनहरुमा उम्मेदवारको चिन्ह रङ्ग हुन्थ्यो । एउटा चुनावमा रातो रङ्ग लिएको उम्मेदवारले अर्को चुनावमा पनि रातै रङ्ग लिन पाउँने प्रत्याभूति हुदैनथ्यो । चिठ्ठाको माध्यबाट उमेदबारको रङ्ग निर्धारण हुन्थ्यो । नयाँ शक्तिले एमालेको चिन्ह सूर्य लिन सहमत भए पनि माकेले आफ्नै चिन्हमा मत माग्ने सहमति भएको छ । अलग चिन्हमा चुनाव लड्नुको अर्थ पार्टीको अलग अस्तित्व बचाउनु हो । एमाले साँचै नै पार्टी एकीकरणको पक्षमा हुन्थ्यो भने आफू माकेको निर्वाचन चिन्हमा चुनाव लड्ने प्रस्ताव गथ्र्यों । त्यसले माकेलाई अप्ठेरो पाथ्र्यों । पासोमा फसाँथ्यो । हँसिया हथौडाको चुनाव चिन्ह लिएरै माके मैदानमा उत्रने कुराले काँग्रेसलाई खुसी नै लाग्नुपर्ने हो । एमाले माकेको चुनावी तालमेलको परिणाम अपेक्षित आएन भने एकअर्कालाई वेइमानीको आरोप प्रत्योप लगाउन थाल्नेछन । त्यतिबेला फेरि पनि काँग्रेसलाई एमाले र माकेबीच खेल्ने अवसर मिल्ने छ र वामहरुका लागि पार्टी एकीकरणको सपना मृगमरिचिका सावित हुने र काँग्रेसको तालुमा आलु फल्ने सम्भावना पूजर्विवित हुनेछैन भन्न सकिदैन ।                                                                                    (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here