काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १७ सदस्यीय संसदीय समिति गठन गरेका छन्।
समितिमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, चित्रलेखा यादव, खुमबहादुर खड्का, डा रामशरण महत, अर्जुननरसिंह केसी, पूर्णबहादुर खड्का, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड र डा प्रकाशशरण महत रहेका प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।
विधानअनुसार समितिले संघीय संसद् र प्रदेशसभामा काँग्रेसका तर्फबाट चुनाव लड्ने उम्मेदवारको अन्तिम निर्णय गर्नेछ।


















