तीन दल बैठकमा प्रधानमन्त्रीले भने निर्वाचन निर्धारित मितिमै हुन्छ, सार्ने हल्ला निराधार हो

142
tLg bnsf] a}7s k|wfgdGqL sfof{no l;+xb/af/df laxLaf/ k|d'v tLg bnsf] a}7s a:b} . tl:a/M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ । प्रमुख तीन दल प्रतिनिधि सभा र प्रदेशको निर्वाचन निर्धारित मितिमै गर्न एकमत भएका छन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बैठकले आगामी मंसिर १० र २१ गतेका लागि तोकिएको निर्वाचन सोही मितिमै सम्पन्न गर्ने निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सार्ने तयारीमा सरकार रहेको भनी आएका समाचार निराधार रहको भन्दै कुनै हालतमा निर्वाचन सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको बताएका बैठकपछि एमालेका नेता माधवकुमार नेपालले जानकारी दिए।

निर्वाचनलाई असर पार्ने गरी निर्वाचन विरोधी कुनै गतिविधि नगर्न सबै दल बैठकमा सहमत भएको समेत उनले जानकारी दिए।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आजको बैठकमा राष्ट्रिय सभा निर्वाचन ऐन एकल संक्रमणकालीन आधारमा निर्वाचन गर्नुपर्ने प्रस्ताव आफूहरुले राखेको र एमालेले बहुमतीय आधारमा गर्नुपर्छ भन्ने धारणा राखेको जानकारी दिए।

राष्ट्रियसभा समानुपातिक र समावेशी संस्था भएकाले जसको बहुमत आयो त्यसको एकलौटी गर्ने संस्था नभएको बैठकमा आफूहरुले राखेको बताए। उनले भने, “प्रतिनिधिसभामा बहुमत आएको आधारमा सरकारले गरेका गलत काम कारबाही सच्याउने अवसर दिने संस्था राष्ट्रिय भएकाले सबै पार्टीको यसमा सहभागिता आवश्यक छ।”

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल तीन जना भोलि पुनः बैठक बसेर राष्ट्रिय सभाको विषयलाई अन्तिमरुप दिने सहमति भएको नेता पौडेलले जानकारी दिए।

एमालेका नेता सुवास नेम्वाङले निर्वाचन आचारसंहित विपरीत सरकारबाट माओवादी मन्त्रीलाई हटाउन नमिल्ने कुरा आफूले बैठकमा राखेको जानकारी दिए।

जवाफमा प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नहुनेमा आश्वस्त पार्नुभएको नेम्वाङले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here