नयाँ शैलीको जनयुद्धको अभ्यास

235

काठमाडौं / संसदवादी राजनीतिक दलहरू चुनावी प्रचार अभियानमा जुटिरहेका बेला विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी वैकल्पिक सत्ता निर्माण गर्ने अभियानलाई निरन्तरता दिइएको छ । जनधारणालाई प्राप्त जानकारी अनुसार विभिन्न ठाउँहरूमा स्वायत्त प्रदेशस्तरीय जनप्रतिनिधिसभाका बैठक, जनपरिषद्हरू गठन÷पुनर्गठन र प्रशिक्षणहरू भइरहेका छन् । प्राप्त जानकारी अनुसार तमुवान स्वायत्त जनप्रतिनिधिसभाको दोस्रो अधिवेशन हालै सम्पन्न गरिएको छ ।

 

अधिवेशनले किसानसिंह गुरुङ प्रमुख र लोकेन्द्र विक उपप्रमुख रहेको १५ सदस्यीय तमुवान स्वायत्त जनपरिषद् गठन गरेको छ । अधिवेशनले शारदा साह सभामुख र टेक बोहरा उपसभामुख रहेको ४५ सदस्यीय रहेको जनप्रतिनिधिसभा पनि गठन गरेको जनाइएको छ । अधिवेशनले तमुवान स्वायत्त प्रदेशको नीति तथा कार्यक्रम र समसामयिक प्रस्ताव पनि सार्वजनिक गरेको छ । केन्द्रीय जनपरिषद् प्रमुख सन्तोष बुढामगरको उपस्थितिमा सम्पन्न अधिवेशन पोखरामा भएको हो । यही कार्तिक १५ र १६ गते सो भेला सम्पन्न भएको जनाइएको छ ।

 
त्यसैगरी मगरात स्वायत्त प्रदेशको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको जनाइएको छ । मगरात स्वायत्त प्रदेश नन्दबहादुर बुढा प्रमुख रहेको स्वायत्त जनपरिषद् गठन भएको छ । त्यस्तै मिथिला स्वायत्त प्रदेश जनप्रतिनिधिसभाको बैठकले पनि जनपरिषद् गठन गरेको छ । बैठकले प्रकाशराज देवकोटा प्रमुख र वशिष्ट मिश्र उपप्रमुख रहेको ११ सदस्यीय जनपरिषद् गठन गरेको जनाइएको छ । बैठकले मिथिला चौहान सभामुख र ठगाराम उपसभामुख रहेको ३५ सदस्यीय जनप्रतिनिधिसभा पनि गठन गरेको जनाइएको छ ।

 
संसदीय राज्य व्यवस्थालाई दलाल संसदीय व्यवस्थमा बदल्नका लागि सरकारले चुनावको नौटंकी गरेको आरोप पनि नेकपाले लगाएको छ । संसदीय व्यवस्थाको विकल्पमा समानान्तरण सत्ता निर्माण साथ दिन आम नेपाली जनतासँग नेकपाले अपिल गरेको छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here