नैतिकताको धरोहरले महाप्रस्थान गर्दा देश बेखबर देखियो

244

 राधा बुढाथोकी मगर

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट अब हामीमाझ हुुनुहुन्न । कीर्तिनिधि विष्टलाई पूर्वप्रधानमन्त्री वा सरकारका पूर्व उपाध्यक्ष भनेर मात्र सम्बोधन गर्नु पनि उहाँमाथि अन्याय हुनेछ । हुन त कीर्तिनिधि विष्टले ममाथि किन अन्याय ग¥यौ भन्दै आपत्ति जनाउने अवस्था अब छैन । विष्टको पार्थिव शरीर नरहेपछि उहाँले कसैप्रति आपत्ति जनाउने ठाउँ अब रहेन । तथापि कीर्तिनिधि विष्ट आपूmलाई व्यक्तिगत रूपमा आइपरेका कुनै पनि विषयबारे बोल्नुभएको जीवनपर्यन्त सुनिएन । उहाँले आपूmमाथि परेको समस्या सम्भवतः कसै सामु शायद व्यक्त गर्नु भएन । प्रधानमन्त्रीको हैसियतमा रहेर काम गर्दाका अवस्थामा विष्टले देशको लागि कति महान् कार्य गर्नुभयो भन्ने कुरा इतिहासमा लेखिएको छ । नेपालको उत्तरी सीमामा रहेका भारतीय चेकपोष्टहरू हटाउने अभियानमा कीर्तिनिधि विष्टलाई अवश्य पनि व्यक्तिगत लाभ थिएन । व्यक्तिगत लाभाका निम्ति विष्टले आपूmलाई लम्पसार गराएको भए आजसम्म पनि नेपालको उत्तरी सिमानामा भारतीय सेनाले परेड खेलिरहेका हुन्थे ।
दक्षिणतिरको छिमेकी मुलुक भारत नेपालप्रति कति असहिष्णु छ भन्ने कुरा वर्तमानका गतिविधिहरूले पुष्टि गरिरहेका छन् । दक्षिणतिर भारतसँग सिमाना जोडिएको भूभागसम्ममा भारतीय प्रहरीको चेकपोष्ट रहनु स्वाभाविक हो । त्यसलाई अन्यथा भन्न नमिल्ला । तर नेपाली सिमानाभित्र भारतीय चेकपोष्ट राख्नु निश्चय पनि नेपालको निम्ति लज्जाजनक विषय हो । यस्तो लज्जाजनक कार्यलाई कीर्तिनिधि विष्टले विरोध गरेर नेपालको स्वतन्त्रता बचाएका हुन् । त्यस्तो महान् कार्य गरेको व्यक्ति अब हामीमाझ छैनन् ।

 

कीर्तिनिधि विष्ट राष्ट्रवादका सच्चा पहरेदार थिए भन्ने यो नै उदाहरण हो । यस्तो उदाहरणीय व्यक्तित्व अस्ताउने बेलामा हाम्रो देश बेखर बन्यो । यस्तो व्यक्तित्व बाँचुञ्जेलसम्म राज्यले उपचार गर्न आवश्यक ठानेन । सामान्य उपचारका लागि विदेशका महँगा अस्पतालहरूमा राज्यको ढुकुटी रित्याउँदै जहाजमा उड्ने नेपालका राजनीतिक दलका नेताहरूका सामु कीर्तिनिधि विष्टको महाप्रस्थान वास्तवमै बुझ्न सक्ने हो भने नेताहरूलाई चेतावनी पनि हो ।
कीर्तिनिधि विष्ट राष्ट्रवादका निम्ति उदाहरणीय व्यक्तित्व मात्र होइनन्, उनी नैतिकता उच्च सम्मानित उदाहरण पनि हुन् । विष्ट प्रधानमन्त्री रहेका बेला सिंहदरबारमा आगलागी भएको थियो । सिंहदरबारमा आगलागी हुनुमा प्रधानमन्त्रीको जिम्मेवारी रहन्छ कि रहँदैन ? यो प्रत्येक व्यक्तिले सोच्ने कुरा हो । सिंहदरबारमा वा देशको कुनै पनि ठाउँमा आगलागी हुनुमा देशको प्रधानमन्त्रीको काबुभन्दा बाहिरको कुरा हो । यथार्थमा भन्ने हो भने आगलागी, हावाहुरी, बाढी वा भूकम्पजस्ता प्राकृतिक विपत्तिहरूमा प्रशासनिक प्रमुखको कुनै हात हुन सक्दैन । तथापि सिंहदरबारको आगलागी हुनुमा आफ्नो नैतिक जिम्मेवारी सम्झिंदै प्रधानमन्त्री पदबाट विष्टले राजीनमा गरेर उच्च नैतिकताको पाठ सिकाएका थिए ।
नेपालमा यस्ता नैतिकवान नेता शायदै विष्टभन्दा पहिले वा विष्टकै कालमा र आजका दिनसम्म पनि पाउन सकिएला ? भूकम्पले घरबारविहीन भएका नेपाली जनता अझै पनि खुला आकाशमुनि बस्न बाध्य छन् । भूकम्प गएको पनि तीन वर्ष पूरा हुन अब केही महिना मात्र बाँकी छ ।

 

जनताको अवस्थामा सुधार आउन सकेको छैन । राणाकालमा समेत राणा शासकहरूले भूकम्प पीडितहरूलाई उपलब्ध गराएको जत्तिकै राहत पनि वर्तमान गणतान्त्रिक मुलुकमा नेताहरूले उपलब्ध गराउन सकेका छैनन् । यो अकर्मण्यताको निन्दा जति गरे पनि कम हुने छ । कीर्तिनिधि विष्ट आफ्नो जीवनको अन्त्यतिर आइपुग्दा उनलाई राष्ट्रले अत्यन्त अनादर ग¥यो । उनीमाथि भएको अनादर शायद उत्तरी सीमाबाट भारतीय प्रहरी चेकपोष्ट हटाउने काममा गरेको राष्ट्रवादी योगदानको पुरस्कार हो कि ? अथवा नैतिकताको उदाहरण प्रस्तुत गर्दै आपूm बालुवाटारमा निदाइरहेका बेला सिंहदरबारमा लागेको आगलागीको जिम्मेवारी लिएर राजीनामा गरेवापतको दण्ड हो कि ? किन कीर्तिनिधि विष्ट राज्यबाट यसरी अपमानित भए ? प्रत्येक नेपालीले आजको नेपालका शासकहरूसँग सोध्नुपर्ने विषय हो ।
हो, कीर्तिनिधि विष्ट राजतन्त्रकालका प्रधानमन्त्री थिए । राजतन्त्रको जतिसुकै चर्काे विरोध गर्नेहरूले पनि कीर्तिनिधि विष्टको जस्तो उच्च नैतिकता प्रदर्शन गर्न सकेका छैनन् । के राजाले नै नैतिकता प्रदर्शन गर्न विष्टलाई सिकाएका हुन् ? यदि हुन् भने पनि त्यो अपराध भयो र ? अवश्य अपराध भएन । आज दक्षिणको सिमानामा मात्र नभएर देशका २५ ठाउँमा भारत सरकारले पेन्सन क्याम्प खडा गरेको छ । ती पेन्सन क्याम्प भूपू गोर्खा सैनिकलाई पेन्सन वितरण गर्नका लागि भनेर बहाना गरिएको छ । उत्तरी सिमानामा चेकपोष्ट राख्दा पनि यस्तै बहानाबाजी भारतले गरेको थियो । आज नेपालका विभिन्न विकट जिल्लाहरूमा भारत सरकारले आपूmखुशी लगानी गर्दै नेपाली जनतामा आफ्नो प्रभाव विस्तार गर्ने अभियान जारी राखेको छ । नेपालका राजनीतिक दलका नेताहरूले भारतको यस्तो हस्तक्षेपकारी गतिविधिलाई नियन्त्रणतर्पm कुनै चासो देखाएका छैनन् ।

 

कीर्तिनिधि विष्टले उत्तरी सिमानातिर खडा गरिएका भारतीय चेकपोष्टहरूलाई हटाउन पहल नगरेका भए आज हामी नेपाली जनता स्वतन्त्र देश नेपालका सार्वभौम नेपाली बन्न पाउँथ्यौ वा पाउन्नथ्यौ ? हामी आफैले मनन गर्ने कुरा हो । त्यसैले कीर्तिनिधि विष्ट नेपालीहरूको सार्वभौम अस्तित्व बचाउने सच्चा आदरणीय अभिभावक हुन् । यस्तो देशभक्त अभिभावकलाई सम्मान गर्न राज्य चुकेको छ । [email protected]

 (- जनधारणा साप्ताहिक)

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here