प्रहरीले पक्राउ गरेरै छोड्यो सुटरलाई

231

काठमाडौँ / गत असोज २३ गते राजधानीको व्यस्त ठाउँ शान्तिनगरमा गाडीमा गुडिरहेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनलाई गोली हान्दै भागेकामध्ये गोली चलाउने राजु स्याङताङलाई प्रहरीले अस्ति सार्वजनिक गरेको छ । प्रहरीका अनुसार गोली नुवाकोटको पञ्चकन्या गाउँपालिका ५ स्थायी घर भएका २१ वर्षीय राजीव स्याङताङले हानेका थिए । पक्राउ पर्ने अन्य चार जनामा मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी र शिवजी महतो रहेका छन् । उनीहरूले हतियार र मोटरसाइकलको तयारी गरेको प्रहरीले जनाएको छ ।

 
गोली काण्ड भएदेखि नै चर्चामा रहेका मनोज पुन नै मुख्य आरोपी समिरमानका सहयोगी रहेको बुझिएको छ । यीलगायत आठ जना फरार रहेको जानकारी प्रहरीले पत्रकार सम्मेलनमा दिएको थियो । फिरौती उठाउने कुरा नै हत्याको कारण रहेको प्रहरीले जनाएको छ ।                                                                            (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here