काठमाडौं / अज्ञात व्यक्तिले टेलिफोनमार्पmत सर्वाेच्च परिसरमा बम भएको सूचना दिएपछि अदालत मंगलबार दिनभर तनवग्रस्त बन्यो । दिउँसो करिब १ बजे अदालत परिसरमा तीनवटा बम रहेको भन्दै टेलिफोनमार्पmत जानकारी पुगेको थियो । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरवारसँग जोडिएको सर्वाेच्च हातामा बम भएको हल्लापछि उच्च हाताम बम भएको हल्लापछि उच्च सुरक्षा सतर्कता अपनाइएको थियो ।
घटनाबारे सर्वाेच्चको सरक्षा शाखाले तत्काल प्रहरी र सेनाको बम निष्क्रिय पार्ने निकायलाई खबर गरेको थियो । सबै इजलास र कार्यकक्ष खाली गरेर विशेष तालिम प्राप्त कुकुरको सहायताले भवनमा खानतलासी गरिएके थियो । तर, दुईतीन घन्टापछि प्रहरीले कुनै शङ्कास्पद वस्तु नरहेको जानकारी अदालत प्रशासनलाई दिएपछि स्थिति शान्त बनेको थियो । बमको हल्लापछि मंगलबारका लागि तोकिएका दैनिक पेसी स्थगित भएका थिए । (- जनधारणा साप्ताहिक)