मंसिर १५ गते भंैसेपाटीमा निःशुल्क स्वास्थ्य शिविर हुने

241

काठमाडौं /  मंसिर १५ गते ललितपुर कार्यविनायक नगरपालिका वडा नं. २५ वाईवाई कारखाना अगाडि मेघा हस्पिटल र स्याल्भेसन नेपालको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर हुँदैछ ।
स्वास्थ्य शिविरमा जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुर, क्यारिटार्स इटालियाना र नारी चेतना समाजको समेत सहयोग रहने छ । शिविरमा दाँत रोग, बालरोग, हार्डजोर्नी, नशा र मानसिक रोग सम्बन्धमा अनुभवी चिकित्सहरुद्वारा जाँच गराइने छ ।
आधुनिक उपचार पद्धतिमा विशेषज्ञ हासिल गरेका वरिष्ठ चिकित्सकहरु शिविरमा उपस्थित हुनुहुने मेघा हस्पिटलले जनाएको छ ।
उपचारपश्चात् स्याल्भेसन नेपाल पुनस्र्थापना कार्यक्रम सञ्चालन गर्ने छ । पुनस्र्थापना कार्यक्रमअन्तर्गत व्यावसायिक तालिम, निःशुल्क जीवनपयोगी शीप र क्षमता विकास तालिम तथा परामर्श गराइने छ, स–साना व्यवसाय गर्नका निम्ति बिऊ पुँजीको रुपमा आर्थिक सहयोग गरिनेछ, लागुपदार्थ
प्रयोगकर्तालाई परिवार र समाजमा पुनः एकीकृत गर्ने कार्यक्रम गरिनेछ र मानसिक तथा बौद्धिक क्षमता विकास
गराउने समेत प्रशिक्षण गरिनेछ ।
स्याल्भेसन नेपाल लागुपदार्थ र मद्यपान दुव्र्यसनीहरुलाई पुनस्र्थापना केन्द्रमा लगी उपचार गर्ने काम गर्दछ । यस शिविरबाट लाभ उठाउन स्याल्भेसन नेपालको फोन नं. ५५९१९५८ र ९८४१२६१८६० तथा मेघा हस्पिटलको ५१५३०१४, ५१५३३९८ मा सम्पर्क गर्न सकिने जनाइएको छ । स्याल्भेसन नेपाल जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भई समाज कल्याण परिषद् आबद्ध संस्था भएको जनाइएको छ ।                                  (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here