देशमा प्रतिक्रान्ति सफल भएको विप्लवको ठहर

216

काठमाडौं / दशवर्षे जनयुद्ध शान्तिप्रक्रियामा रूपान्तरित भएपछिका गतिविधिहरूसाग असन्तुष्ट बन्दै छुट्टै पार्टी गठन गरी शान्तिप्रक्रिया भंग भएको घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अब देशमा प्रतिक्रान्ति सफल भएको ठहर गरेको छ । महासचिव विप्लवले सार्वजनिक गर्नुभएको चुनावपछिको प्रतिक्रियामा ‘संसदीय पार्टीहरूले केन्द्रीय प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न गरेर प्रतिक्रान्तिलाई पूर्णता दिएका छन् । नेपालमा गणतन्त्र र संघीय शासनप्रणाली स्थापना भएको छ । तर, जनयुद्धका सपनाहरू अधूरा नै छन् ।’ भन्नुभएको छ । देशभक्त शक्तिको नेतृत्वमा राज्यसत्ता निर्माण गर्नु जनयुद्धको मुख्य नारा र प्रस्ताव रहेकोमा त्यसमाथि भयानक षडयन्त्र र धोका भएको निष्कर्ष विप्लवको रहेको छ । विप्लवले नयाा नारा र रूपमा दलाल पुाजीपति वर्ग र सामन्तवर्गको गठबन्धन सत्ता पुनर्जीवित भएको ठोकुवा गर्नुभएको छ । दलाल पुाजीपतिवर्गको सत्ताले राष्ट्रियता र जनतन्त्रका समस्याहरूको समाधान गर्न सकिने निष्कर्ष पनि विप्लवको रहेको छ । विप्लवले चुनावपछि सार्वजनिक गर्नुभएको विज्ञप्तिको पूर्ण अंश यस प्रकार छ :–
‘ प्रतिक्रियावादी, साम्राज्यवादी, संसद्वादी र आत्मसमर्पणवादी एवम् विसर्जनवादी तत्वहरूको जनविरोधी लेनदेन र षड्यन्त्रका कारण शान्ति प्रक्रिया असफल भयो । यी तत्वहरूले नेपाली जनता र महान् जनयुद्धको मूल मर्म, भावना र चाहनाविपरीत लाल पुाजीवादी संसदीय व्यवस्था जबरजस्त लाद्न संसदीय व्यवस्थामा पुाजीवादी संघीयता थपिएको (संसदीय व्यवस्था) को प्रतिनिधि र प्रदेशसभाको चुनाव यही मंसिर १० गते र २१ गते घोषणा गरेको थियो । हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी र नेपाली उत्पीडित–श्रमिक जनताले त्यसलाई सशक्त प्रकारले प्रतिरोध गरेका छन् । हाम्रो पार्टीको निर्देशन, आह्वान र श्रमिक तथा देशभक्त शक्तिहरूको सहभागिता एवम् सहयोगमा चुनाव खारेज अभियान हस्तक्षेपकारी र प्रभावकारी रूपले सफल भएको छ ।

 
यो खारेजी अभियान र प्रतिरोधदेखि नेपाली क्रान्ति, विद्रोह, क्रान्ति र परिवर्तनको नयाा चरणमा प्रवेश गरेको छ । नेपाली जनतामाथि जबरजस्त संसदीय व्यवस्था थोपर्न खोज्ने प्रतिक्रियावादी, साम्राज्यवादी र आत्मसमर्पणवादी, विसर्जनवादी तत्वहरूको सपना ध्वस्त भएको छ । यो महान् र नयाा पहलमा पार्टीको आह्वान र आग्रहलाई स्वीकार गर्दै सम्पूर्ण सहयोग गर्नुहुने एवम् पार्टीलाई माया गर्नुहुने आम नेपाली जनतालाई पार्टी विशेष धन्यवाद र आभार प्रकट गर्दछ ।

 
यो महान् अभियानमा पार्टी निर्णय र निर्देशनलाई दृढतापूर्वक आत्मसात् गर्दै प्रतिरोध संघर्ष चुनाव खारेज अभियानमा रातदिन खट्ने र संघर्षलाई उचाइ प्रदान गर्ने सम्पूर्ण पार्टीपंक्ति, नेता–कार्यकर्ता, जबस, मोर्चा संगठन एवं युवा कमरेडहरूलाई गर्विलो अंकमालसहित धन्यवाद प्रकट गर्दछ । यस अभियानलाई गम्भीरतापूर्वक ग्रहण गर्ने र सकारात्मक सहयोग गर्नुहुने बुद्धिजीवी, राजनीतिक विश्लेषक, कानुनविद्, मानवअधिकारवादी, पत्रकार, सुरक्षाकर्मी, कर्मचारी, अन्तर्राष्ट्रिय संघ–संस्थाका कूटनीतिज्ञ तथा कानुनविद् सबैमा पार्टी हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
पार्टीको अभियानमा समर्पित भावनाका साथ खट्दा गिरफ्तार पर्नुभएका एवम् पार्टीलाई समर्थन गरेको आरोपमा राज्यद्वारा गिरफ्तार पर्न गई हालसम्म विनाकारण हिरासतमा बन्दी हुनुभएका पीवीएम कमरेड वीरजंग, केन्द्रीय सदस्य कमरेड सुमनसहित सयौं कमरेडहरूप्रति न्यानो र जोशिलो अभिवादन गर्दै धन्यवाद प्रकट गर्दछ । साथै गिरफ्तार कमरेडहरूलाई विनाशर्त यथाशीघ्र रिहाई गर्न राज्यसाग अपिल गर्दछ । अभियानको क्रममा घाइते हुनुभएका कमरेडहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

 
हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले २०६९ सालदेखि नै महान् जनयुद्ध र शान्ति प्रक्रियाको मूलमर्म, मान्यता, उद्देश्य र लक्ष्यका विरुद्ध नेपाली कांग्रेस, नेकपा (एमाले), भारतीय साम्राज्यवाद र बाबुराम–प्रचण्डले गर्न थालेको गैरजिम्मेवार गठजोड, अनैतिक लेनदेन, व्यक्ति केन्द्रित सम्झौताविरुद्ध संघर्ष गर्दै आएको हो । उनीहरूले षड्यन्त्रपूर्ण सम्झौता गर्दै जनयुद्धका उपलब्धिहरूलाई निषेध गर्दै महान् जनमुक्ति सेनालाई विसर्जन गर्ने निर्णय गरेपछि नै हामीले प्रचण्ड–बाबुराम मण्डलीको गद्दारीसाग विद्रोह गर्दै उनीहरूद्वारा कथित दोस्रो संविधानसभाको चुनाव लादेपछि त्यसलाई प्रतिक्रान्तिको साधन भन्दै बहिष्कार गरेका थियौं । उनीहरूले प्रतिक्रियावादी संसदीय व्यवस्थाको संविधानसभा घोषणा गर्दा हामीले जनगणतन्त्र नेपालको संविधान घोषणा गरेका थियौं । साथै हामीले जनप्रतिनिधिसभा र जनपरिषद्को घोषणा गरेका थियौं । उनीहरूको कथित स्थानीय तहको चुनाव गर्ने निर्णयलाई हामीले प्रतिरोधसहित खारेज गर्‍यौं । यसपटक संसदीय व्यवस्थाको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको खारेजी त्यसैको निरन्तरता र उत्कर्ष हो ।
यतिबेला नेपालमा दुई विश्व दृष्टिकोण, दुई सत्ता र दुई सरकारको अवस्था रहेको छ । आउादा दिनहरूमा एउटा पुरानो संसदीय सत्तालाई नयाा सत्ताले विस्थापित गर्ने तथा नयाा सत्ता विस्तार र सुदृढ हुने कुरामा कुनै शंका छैन । हाम्रो पार्टीले प्रतिक्रान्तिकारी संसदीय चुनावलाई खारेज गर्ने निर्णय लिएदेखि खारेज अभियान सञ्चालन गर्दासम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय हिस्सामा केही भ्रम र पूर्वाग्रह पनि देखिन खोज्यो । केही अन्तर्राष्ट्रिय समुदायले हाम्रो चुनाव खारेज अभियानलाई लोकतन्त्र र जनताको मतदान अधिकारमाथि हस्तक्षेप भन्ने प्रतिक्रिया व्यक्त गरेका छन् । हाम्रो पार्टीको स्पष्ट धारणा छ कि चुनाव खारेज अभियान सच्चा लोकतन्त्र र मताधिकारका लागि हो । यो खारेज अभियान शान्ति प्रक्रियालाई धोकापूर्ण तरिकाले दलाल पुाजीवादी संसदीय व्यवस्था पुनस्र्थापना गर्ने र त्यसको आयु लम्ब्याउने गद्दारी विरुद्ध विद्रोह र प्रतिरोध हो । जुन कुरा माओवादी आन्दोलनको पूर्णअधिकारभित्र पर्दछ ।

 
त्यसैगरी केही वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका नेताहरूले चुनाव विरोधी तत्व, बम पड्काउने, ध्वंसात्मक तत्व भनेका छन् । कतिपय सञ्चारमाध्यमले बम पड्काएर जिम्मा नलिने अनैतिक कार्य भएकोले राज्यले दमन गर्नुपर्ने भनिरहेका छन् । राज्य र सञ्चारमाध्यमहरूले ‘अज्ञात समूहको बम हमला’ भनेर प्रचार गरे । यी सबै घरेलु प्रचारबाजी र टिप्पणीहरू भ्रामक, षड्यन्त्रकारी र ध्वंसात्मक छन् । यी प्रचारका पछाडि जनयुद्धलाई आतंककारी, विध्वंसकारी, फासिवादी दोषारोपण गर्ने प्रवृत्ति र मनसाय निहित छ । जब कि हाम्रो पार्टीले संसदीय चुनावलाई सम्पूर्ण रूप र तरिकाले प्रतिरोध तथा खारेज गर्न अपिल गरिसकेपछि यसैको निर्देशनमा गरिएका प्रतिरोध संघर्षहरू जनुसुकै किन र कसरी अज्ञात, विध्वंसात्मक र अनैतिक भए ? यी त प्रतिक्रान्तिकारी तत्व र दलाल संसदीय व्यवस्थाविरुद्ध खुल्लमखुल्लारूपले सञ्चालन गरेका क्रान्तिका श्रृंखला हुन् । बरु यहाा जसले यसलाई जानाजान भ्रमपूर्ण बनाउन खोजेका छन् ।
यी तत्वले आफ्नो जनघात र राष्ट्रघातलाई छोप्न र वास्तविक जनवादी, राष्ट्रवादी, क्रान्तिकारी शक्तिहरूबारे जनतामा भ्रम छर्न, प्रतिक्रान्तिकारी स्वार्थ पूरा गर्न खोजेका छन् । यस्ता तत्वबाट सबै नागरिक सचेत रहनुपर्दछ भन्ने हाम्रो धारणा छ । हाम्रो पार्टीलाई श्रमिक जनताको सुन्दर भविष्य, देशको स्वाधीनता, दिगो शान्ति, समृद्ध जीवन निर्माण गर्नुबाहेक अरु कुनै स्वार्थ र प्रभाव छैन । जसका लागि वैज्ञानिक समाजवादबाहेक अर्को विकल्प छैन । दलाल संसदीय व्यवस्थामा त्यो कदापि सम्भव छैन । तसर्थ हाम्रो दृढ विश्वास छ कि दलाल संसदीय व्यवस्थालाई अन्त्य गर्न एकीकृत जनक्रान्तिको कार्यदिशालाई नयाा उचाइमा उठाउनु र वैज्ञानिक समाजवाद स्थापना गर्नुको विकल्प छैन । हामीले आउादा दिनमा क्रान्तिलाई नयाा स्तरमा उठाउन अझै सशक्त प्रकारले पहलकदमी लिनेछौं । नेपाली जनताको परिवर्तन र नयाा जीवनको चाहनालाई कदापि निभ्न र समाप्त हुन दिने छैनौं । त्यसका लागि सम्पूर्ण पार्टीपङ्तीलाई जनताको बीचमा बसेर दलाल, भ्रष्ट, राष्ट्रघाती, जनघाती, आत्मसमर्पणवादी, धोकेबाज तत्वहरूको विरुद्ध एकज्यान एकमत भएर संघर्षमा डट्न र जनताको नेतृत्व गर्न निर्देशन गर्दछ ।

 
त्यसैगरी सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त, क्रान्तिकारी समुदाय, बुद्धिजीवी, व्यवसायी मित्रहरूलाई हाम्रो क्रान्तिकारी प्रक्रिया र संघर्षलाई सहयोग गर्न पुन: अनुरोध गर्दछ । लेनिनले भन्नुभएको थियो, ‘हारेको सिपाहीले राम्रोसाग सिक्छ ।’ त्यसैगरी माओ त्सेतुङले भन्नुभएको थियो, ‘असफलताहरू सफलताका जननी हुन् ।’ हामीले नेपाली क्रान्तिमा अकल्पनीय पराजय, धोका र गद्दारी भोग्यौं । परन्तु हामीले ती पराजयबाट गम्भीर र अमूल्य शिक्षा लिएका छौं । यी शिक्षालाई गहिरो गरी आत्मसात् गर्दै नेपाली क्रान्तिाई पूर्ण गरिछाड्ने छौं भन्ने दृढ विश्वास हामीमा छ । साम्राज्यवादी दलाल पुाजीवादी, संसदवादी, आत्मसमर्पणवादी तत्वहरूले हामीलाई जति नै दमन गर्न खोजुन् । हाम्रो विरुद्ध भ्रमको खेती गरुन् र समाप्त गर्न खोजून् अन्तिम विनास क्रान्तिकारी शक्तिको होइन प्रतिक्रियावादी शिविरकै हुनेछ । अन्त्यमा प्रतिक्रियावादी संसदीय व्यवस्थाको चुनाव खारेज अभियानलाई एकीकृत जनक्रान्तिको दिशामा निरन्तर अगाडि बढाउन विशेष आग्रह गर्दछौं ।                                                (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here