रक्तदान कार्यक्रममा जुट्दै महिला

196

              राज्यलक्ष्मी शाक्य

भनिन्छ, रक्तदान नै जीवन दान हो । मानिसको शरीरमा केही समयपश्चात् आफैं खेर जाने रगतलाई दान गर्ने हो भने त्यसले आपतमा परेका र मृत्युशैय्यामा पुगेका व्यक्तिलाई पनि जीवन दिन सक्छ । त्यसकारण रक्तदान गर्नु भनेको कसैको जीवन बचाउनु पनि हो । यही तथ्यलाई मनन गर्दै पंक्तिकारले यस क्षेत्रमा आफूले सकेको योगदान पुर्‍याउने योजना गरेको छ । हामीले हालै मात्र एउटा रक्तदान कार्यक्रम आयोजना गरेका छौं । नेपाल रेडक्रस सोसाइटी ब्रह्मटोल उपशाखाअन्तर्गत मेघा महिला रगत व्यवस्थापन, मेघा अस्पताल प्रालि र नेपाल फुटवेयर मेनुफेक्चरर्स एशोसिएशनको संयुक्त आयोजनामा बृहत् मेघा रक्तदान कार्यक्रम अयोजना गरिएको हो । काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको रक्तदान कार्यक्रम पुस १३ गतेबाट १८ गतेसम्म सम्पन्न भएको थियो ।

 
कार्यक्रममा एक सय १२ जनाले रक्तदान गरेका थिए, जसमा पुरुष ९० जना र महिला २२ रहेका थिए । मेघा महिला रगत व्यवस्थापनको सल्लाहकारमा वरिष्ठ पत्रकार निमकान्त पाण्डे, डा. मनिता राजकर्णिकार र किशोजंग राणा रहेका छन् । समूहको अध्यक्षमा राज्यलक्ष्मी शाक्य सदस्यहरूमा रम्भा श्रेष्ठ, जानुका ढकाल, अनिता अमात्य, नानिहेरा महर्जन, अमिता महर्जन, सृजना श्रेष्ठ, होलिका श्रेष्ठ, ललिता श्रेष्ठ, मलिना राजकर्णिकार र गंगा पाण्डे रहेका छन् ।
उक्त व्यवस्थापन समूहले महिलालाई रगतको बारेमा शिक्षा दिने, कलेज तथा स्कुलमा र आम नागरिकलाई पनि रक्तदान गर्न अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने उद्देश्य राखेको छ । रक्तदानका लागि प्रोत्साहित गर्ने कार्यक्रम र जनचेतना जगाउने पनि लक्ष्य राखेको छ । सोही योजनाअन्तर्गत हालै मात्र ६ दिने रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम गर्दैगर्दा नेपालमा रक्तदानबारे अझै महत्वबोध हुन मैले महसुस गरो ।

 
नेपालमा यसै पनि रगतको अभाव भइरहेको बेलाबेलामा समाचार सार्वजनिक हुने गरेको छ । त्यसमा पनि रक्तदानमा महिलाको उपस्थिति अत्यन्त न्यून छ । नेपाल रेडक्रश सोसाइटीका अनुसार हाल नेपालमा हुने रक्तदानमा पुरुषको उपस्थिति ८५ प्रतिशत रहेको छ भने जम्मा १५ प्रतिशत महिला मात्र रक्तदानमा सहभागी रहेका छन् । स्वस्थ रहेका र रक्तदान गर्न सक्षम महिला पनि रक्तदानमा सहभागी नरहेको यो तथ्यांकले पुष्टि गर्दछ । हामीले आयोजना गरेको कार्यक्रममा पनि रक्तदान गर्नुपर्छ भन्नेबारे विशेषगरी महिलालाई कमै मात्र जानकारी र सचेतता रहेको पाएका छौं । त्यसकारण यस समूहले धेरैभन्दा धेरै महिलालाई रक्तदानमा सहभागी गराउनु नै प्रमुख उद्देश्य राखेको छ ।
नेपाल सरकार नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्य विभागको सहकार्य गरेर रगतसम्बन्धी जनचेतना जागरण, शिक्षा दिलाउन पाठ्यक्रममै व्यवस्था मिलाइएको खण्डमा रगतको व्यवस्थापन अझै प्रभावकारी हुने कुरामा नकार्न सकिन्न । यस कुरामा सम्बन्धित पक्षको ध्यान जाओस् । rajyalaxmishakya@gmail.com

 (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here