काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना निर्विरोध निर्वाचित भएका छन् । उनी आगामी दुई वर्षका लागि अध्यक्ष चुनिएका छन् । अध्यक्षमा ढुंगानाबाहेक कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन् । संघमा उपाध्यक्ष रहेका ढुंगाना अध्यक्ष अनिल शाह बैंकिङबाट बाहिरिएपछि कार्यवाहक अध्यक्ष भएका थिए । ढुंगानालाई नै अध्यक्ष बनाउन मोटामोटी सहमति बनेपछि बााकी बैंकरले उम्मेदवारी दिएनन् ।
अध्यक्षमा ढुंगाना औपचारिक रूपमा चयन भएपछि फेरि उपाध्यक्ष पद खाली हुनेछ । रिक्त उपाध्यक्ष पद आजै सहमतिमा पूर्ति गर्ने वा कार्यसमितिबाट नियुक्त गर्ने बारे टुंगो लागिसकेको छैन । अघिल्लो पटक दुई जना उपाध्यक्ष पद रहेकोमा कसैले खाने इच्छा नदेखाएपछि खारेज गरिएको थियो ।
















