कोरोना संक्रमित थप १८ जनाको मृत्यु 

73

 

काठमाडौं नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ३० जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा ३ हजार ५१ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ। कुल संक्रमितमध्ये ३६ हजार ५ सय १४ सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा १३ हजार ६८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षणको संख्या १५ लाख ७ हजार १ सय ९० पुगेको छ। हाल १ हजार २ सय ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here