पेट नचिरेरै गरिने ल्याप्रोस्कोपी सर्जरी बिरामीका लागि बरदान

464

          डा.नुतन शर्मा
(प्रशुती तथा स्त्री रोग, टेष्ट ट्युव बेवी बिशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन)
सामान्यत दुरबीनको माध्यमबाट पेट नचिरेर सानो सानो प्वाल बनाएर गरिने सर्जरीलाई नै ल्याप्रोस्किोपिक सर्जरी भनिन्छ । आजको दिनमा ल्याप्रोस्कोपी सर्जरी अर्थात दुरबिन शल्य चिकित्सा पद्धतीद्वारा गरिने शल्यक्रिया बिरामीका लागि वरदान सावित भएको छ । यस्तो शल्य चिकित्सा पद्धतिलाई प्भथ ज्यभि सर्जरी वा एष्ल ज्यभि सर्जरी पनि भन्ने गरिन्छ । यो एक अत्याधुनिक शल्य चिकित्सा पद्धति पनि हो ।
आधुनिक सर्जरीको विधाको रुपमा रहेको यो पद्धती बिरामीलाई अधिक आराम र सुविधा दिने उपयुक्त माध्यम बन्न पुगेको छ । पछिल्लो समय नेपालमा समेत विभिन्न रोगसाग सम्बन्धित मुख्य शल्यक्रिया (:बवयच इत्) दुरविन पद्धतीबाट गर्ने क्रम बिस्तार हुादै गएको छ । त्यसमध्ये स्त्री रोगसाग सम्बन्धित शल्यक्रिया समेत दुरविन पद्धतीबाट नेपालका धेरै अस्पतालमा हुन थालेका छन् ।

स्त्री रोगमा दुरबिन पद्धतीको प्रयोग
बिशेष गरि पाठेघरबाट ट्युमर निकाल्ने, डिम्बाशयको शिष्ट, ट्युमर निकाल्ने, पाठेघरमा बच्चा नबसेर ट्युबमा बच्चा बसेको, बच्चा नहुने अप्रेरशन गर्न र बच्चा नहुने अपरेशन गरिएको छ भने त्यसलाई खोल्ने ९त्गदब िच्भअबलबष्शिबतष्यल०लगायतका मुख्य शल्यक्रिया समेत दुरबिन पद्धतीबाट भइरहेका छन् । बिकसित मुलुकहरुमा दुरविन पद्धतीबाट गरिने शल्यक्रिया सामान्य हुदै गएपनि नेपालमा अहिले यसको प्रयोग भर्खेरै बिस्तार हुन लागेको हो । दुरविन पद्धतीबाट शल्यक्रिया गर्ने मात्र नभई विभिन्न रोग पत्ता लगाउन समेत यसको प्रयोग निकै सहज भएको छ । पहिले पहिले नेपालमा कतिपय रोगको पहिचानका लागि पेट चिरेर भित्रको समस्या के छ भनेर हेर्ने गरिन्थ्यो भने अहिले दुरविनको प्रयोग अर्थात डाइग्नोष्टीक ल्याप्रोस्कोपीबाट विभिन्न रोग पत्ता लगाउन सहज भएको छ । स्त्रीसाग सम्बन्धित कतिपय रोगको नाइटोबाट प्वाल पारेर दुरविनको माध्यामले हेरेर समस्यावारे पहिचान गर्न धेरै सहज भएको छ ।


ल्याप्रोस्कोपी सर्जरीका फाइदा 
दुरबिन पद्धतीबाट गरिने शल्यक्रिया बिरामीका लागि अधिक आरामदायी र सुविधाजनक शल्यक्रियामा पर्छ । चिकित्सकलाई तुलनात्मक रुपमा समय केही बढी लाग्ने भएपनि बिरामीका लागि यो पद्धतीबाट गरिने सर्जरी अधिक सुविधाजक मानिन्छ । कुनैपनि बिरामीले शल्यक्रियामा दुखाई कम, सुरक्षित र छिटो निको हुने चाहना राखेको हुन्छ, त्यसैले दुरबिनबाट गरिने शल्यक्रियाले यी सवै कुराको सम्बोधन गर्ने हुादा बिरामीका लागि दुरबिन पद्धतीबाट गरिने सर्जरी निकै फाइदाजनक देखिएको छ । यस्तो शल्यक्रियामा पेटमा सानो प्वाल पार्ने हुादा दाग देखिने पनि हुादैन । तर यस्तो पद्धती सवै बिरामीमा सधै सफल हुन्छ भन्ने हुदैन कहिले कााही ल्याप्रोस्कोपी सर्जरी गर्दा केही कठिनाई आए ओपन सर्जरीमा रुपान्तरण गर्नुपर्ने हुन्छ । त्यसैले ओपन सर्जरीमा राम्रो ज्ञान नभएकाले सामान्य तालिम लिएकै भरमा एकै पटक ल्याप्रोस्कोपी सर्जरी गर्दा विभिन्न जोखिम आउन सक्ने सम्भावना हुन्छ ।

समग्रमा यसका मुख्य फाइदालाई निम्न बुादामा उल्लेख गरिएको छ ।
-पेटमा सानो प्वाल पार्ने भएकाले घााउमा सक्रमण हुने सम्भावना किनै कम
-न्युन रक्तश्राव हुने
-कम दुखाई
-दाग निकै सानो हुने भएकाले पेटको सौन्दर्य बिग्रने चिन्ता हुादैन
-छिट्टै नियमित काममा फर्किन सकिने
-अस्पतालमा धेरै दिन बस्न नपर्ने
-शल्यक्रियापछि हुन सक्ने हर्नियाको समस्याको सम्भावना न्युन

कस्ता बिरामीलाई ल्याप्रोस्कोपी सर्जरी गर्न उपयुक्त मानिदैन ?
ड्ड क्यान्सरको सम्भवना भएका बिरामी स् क्यान्सरको सम्भावना भएका बिरामीको ल्याप्रोस्कोपिक अप्रेरेशन गर्नु हुादैन, किन भने यस्तो प्रविधिले कुनैपनि कुरा सिंगै निकाल्न मिल्दैन, फुटाएर र टुक्रा पारेर साने बनाएर बाहिर निकाल्नुपर्ने हुन्छ, जस्ले गर्दा क्यान्सर बिरामीमा रोग अझै फैलिने सम्भावना हुन्छ ।
ड्ड अधिक मोटोपना भएका : धेरै मोटो बिरामीलाई पनि दुरबिन पद्धतीबाट शल्यक्रिया गर्दा जटिलता आउन सक्छ । ल्याप्रोष्कोपी सर्जरी गर्दा बिरामीलाई एनेस्थेसिया मार्फत बेहोस पारेर ग्यास मार्फत बिरामीको पेट फुलाएर प्वाल पारेर औजार भित्र छिराएर शल्यक्रिया गर्नुपर्ने हुन्छ त्यस कारण माटो बिरामीमा अधिक बोसोका कारण प्वाल पारेर दुरविन पद्धतीबाट शल्यक्रिया गर्दा कठिनाई उत्पन्न हुन सक्छ । साथै बिरामीलाई अप्रेशन गर्दा दिइने पोजिसनले पनि मोटो व्यक्तिलाई गार्‍रो पार्न सक्छ ।
ड्ड फोक्सो, मुटु र छातीसम्बन्धी रोगका बिरामीका लागि पनि त्यति उपयुक्त मानिदैन । यस्ता बिरामीमा दुरविन पद्धतीको शल्यक्रियाले जोखिम बढाउने सम्भवना हुन्छ ।

बााझोपनसम्बन्धी समस्या र दुरबिन पद्धतीको प्रयोग
खास गरि प्रशुती सेवा अन्र्तगत पेटमा बच्चा निकाल्ने बाहेक स्त्री रोगसाग सम्बन्धित प्राय सवै शल्यक्रिया दुरबिन पद्धतीबाट सम्भव भइसकेको छ । बिकसित मुलुकमा च्यदयतष्अ क्गचनभचथ बाट धेरै रोगको शल्यक्रिया शुरु भइसकेपनि हाम्रो मुलुकमा दुरबिन पद्धतीको प्रयोगलाई अझै व्यापक र सहज पाहुचमा ल्याउन नसकेका कारण धेरै महिलाले पेट चिरेर गरिने शल्यक्रियाबाट पीडा भोगिरेहका छन् । चिकित्सा बिज्ञानमा भएका आधुनिक बिकासले धेरै रोगहरुको पहिचान र उपचार सहज र सरल बनाइसकेको छ । अन्य रोगको पहिचान र उपचारमा जस्तै बााझोपन अर्थात निशन्तान सम्बन्धी समस्याका लागि पनि दुरबिन पद्धतीको प्रयोग निकै फलदायी सिद्ध भएको छ । डाइग्नोष्टीक ल्याप्रोस्कोपीको बढी प्रयोग बााझोपनको समस्या भएका महिलामा पनि गर्ने गरिन्छ । पाठेघरसम्म जाने नली त्गदभ ठिक छ कि छैन त्यो पत्ता लगाउन, पाठेघरमा मासु पलाएको, डिम्बाशयको शिष्ट, अथवा बिरामीको भित्रको अवस्थालाई सुक्ष्म रुपमा हेर्न पनि दुरविन पद्धती प्रयोग निकै सहज र सुविधायुक्त मानिन्छ । डिम्बाशयको सिष्ट निकाल्ने, डिम्बाशयमा सिष्ट निकाल्दा पाठेघर टाासिएको छ भने त्यसलाई खुल्ला गर्नुपर्ने हुन्छ, यस्तो बेला डाइग्नोष्टीक ल्याप्रोस्कोपीको निकै ठुलो भूमिका हुन्छ ।

 
अन्त्यमा, शल्यक्रिया गर्ने भन्दा कतिपयमा सौन्दर्य बिग्रने चिन्ता रहेको पाइन्छ । खास गरि युवतीहरुमा डिम्बाशयको सिष्ट, पाठेघरको ट्युमर, भ्अतयउष्अ जस्ता समस्या हुादा गरिने शल्यक्रिया पहिले पहिले पेट चिरेर गर्नुपर्ने बाध्यता थियो । आजभोली दुरबिन पद्धतीबाट पेटमा सानो प्वाल पारेर शल्यक्रिया गर्दा पेट लामो दाग देखिने अवस्था पनि रहदैन । त्यसैले शल्यक्रियामा अधिक आराम र सुविधायुक्त ल्याप्रोस्कोपी सर्जरीलाई बिरामीको सहज पाहुचमा ल्याउन राज्यले पनि बिशेष ध्यान दिनुपर्छ । ल्याप्रोस्कोपी उपकरण महंगो हुने भएकाले तुलनात्मक रुपमा ओपन सर्जरी भन्दा दुरबिन पद्धतीको शल्यक्रियामा केही पैशा बढी लाग्ने गर्छ । तर सुविधाका हिसावले अधिकांस बिरामीले अहिले ल्याप्रोस्कोपी सर्जरी नै रोज्ने गर्दछन । पेट चिरेर गरिने सर्जरीको तुलनामा ल्याप्रोस्कोपी सर्जरी निकै फाइदाजनक र बिरामीका लागी पनि अधिक आराम र सुविधाजनक हुने भएकाले यो सर्जरीको बिस्तार अझै व्यापक बनाउन जरुरी छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here