“हिन्दु कोही धर्म नही,
सिन्धु घााटी सभ्यताको फारसी भाषी मुसलमान भाइयों ने रखा हुवा अपभ्रंश नाउ हे ।
वही हिन्दु शब्दको बेलायती लोगो ने इन्दो इन्दोई इन्डिया कहने लगा ।”
हिन्दी भाषाका यी शब्द रामकृष्णवेदान्त समाज बेलोरमठ भारतका स्वामी चिन्मयानन्दका हुन् । हुन पनि हिन्दु बस्ने भूमि भारतलाई हिन्दुस्थान र हिन्दुले बोल्ने भाषालाई हिन्दी भनिएको कुरा सूर्य जस्तै छर्लङ्ग भइसक्दा पनि चार वेद, अठार पुराण कतै उल्लेख नगरिएको भारतीय राष्ट्रवाद हिन्दुलाई धर्म बनाएर नेपालजस्तो आदिकालदेखि स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको गौरव ठान्ने नेपालीलाई के भन्ने ? आज प्रश्न उठ्ने गरेकोछ । “जसरी नेपाली विश्वको कुनै पनि कुनामा पुग्दा सर्वप्रथम आफूलाई नेपाली भन्नमा गौरव ठान्छन्,, त्यसैगरी हिन्दुस्थानीहरु नेपाल छिरी राज्यसत्तामा पहुाच बनाएपछि आफ्नो हिन्दु राष्ट्रवादलाई धर्मको नाउा दिई व्यापक बनाएका हुन भन्नुहुन्छ वैदिक प्रतिष्ठानका संस्थापक अध्यक्ष सह प्रा.वलदेव जुजु” उहाा भन्नुहुन्छ, वेदलाई आफ्नो मूल धार्मिक मार्गनिर्देशक सिद्धान्त मान्नेले आफूलाई हिन्दु होइन वैदिक सनातन भन्नुपर्दछ । तर कतिपयले हिमालयको हि र समुद्रछेउ इन्दु नदी सभ्यतालाई जोडेर हिन्दु भनिएको तर्क पनि अघि सारेका छन् । त्यस्तै थापाथली स्थित बागमति किनारमा बस्नुहुने रामराज पञ्चायति बाबा कृष्णानन्द दासको विचारमा चाहि जो हिंसाबाट दूर रहन्छ (हिंसा+दूर) ऊ हिन्दु हो । अर्थात
जो हीन भावना र दु:खबाट मुक्त छ, त्यही व्यक्ति वा समूहलाई (हीन दु:ख–हिन्दु) भनिएको हो । हिन्दुको चारधाम पूर्वका जगन्नाथ,पश्चिममा द्वारिका, उत्तरमा केदार, दक्षिणमा रामेश्वरमका साथै ८४अखडा हिन्दुस्थान भारतमै रहेका छन् । हिन्दुस्थानीहरु नेपालमा अवस्थित किरात,शैव,बौद्ध,नाथ,नागा,जैन,सिख,शाक्त,गणपदआदि धर्म सम्प्रदायका सामूहिक आस्थाकेन्द्र शिवस्वरुप पशुपतिनाथलाई शिरधाम मान्दछन् । भने कोही चाहि “हिमालयदेखि इन्दु सभ्यतासम्म फैलिएर रहेका विविध संस्कृतियुक्त हीन र दु:ख भावनाबाट मुक्त ॐकार परिवार जसको वेद मार्गनिर्देशक सिद्धान्त हो, त्यसलाई वैदिक सनातन हिन्दु भनिएको बताउाछन् ।” यसरी एउटै धर्मलाई अनेक थरीमा अपव्याख्या गरेर विबादास्पद धारण गर्न‘ुभनेको हिन्दुस्थानको गुलामीलाई स्विकार गर्नु हुने हुनाले नेपाललाई सनातन राष्ट्र राख्नुपर्ने पाटन कृष्ण मन्दिरका पुजारी तथा प्रख्यात साहित्यकार स्व. प्रकाशधर शर्माद्धारा लिखित पुस्तिका क्रान्ति एक दिशा वोध मा उल्लेख छ । यसरी हिन्दु धर्म हो वा होईन भन्ने विषयमा देशी विदेशी धर्म गुरुहरुबाट वहस छेडि निकास ननिस्कीरहेकै बेला गणतान्त्रीक नेपालका पुर्व राजा ज्ञानेन्द्रबाट भारतको एउटा प्रान्तका मुख्य मन्त्री घोर हिन्दुवादी नेताको निवासैमा पुगि हनुमान दण्डवत गर्नुलाई हिन्दु राजावादी स्वयमले पनि निको मानेका छैनन् । उनिहरु भन्छन् हिन्दुको बारेमा विबाद, विवेचना पछिको कुरा हो,छ्यान विछ्यान गर्दै गरौंला । सन्त महन्तहरुले यो बिवादलाई किनारापनि लगाउालान तर विश्वका एक अर्व हिन्दुहरुले नेपालका राजालाई हिन्दु अभिशेष दिएकै हो नि । राजा मान्ने नमान्ने सवालपनि गौण कुरा हो तर राजाले आफु स्वतन्त्र देशको सार्वभौम राजा रहिरहेको औकात हैसियत कायम राख्नुपथ्र्यो, राखेनन । विश्वहिन्दु युवा संघका अन्र्तराष्ट्रिय अध्यक्ष सागर थापा त स्पष्ट भन्नुहुन्छ,,यी र यस्तेै सवालहरुको कारण हामी गणतान्त्रिक हिन्दु राष्ट्रको पक्षमा छौं । हिन्दुत्वको परिभाषा पाशुपत क्षेत्रमा विशाल सन्त महन्तको भेलाले गर्नेनै छ तर हामी अव यो वा उ अमुक राजाको नाउामा हिन्दु राष्ट्रको गौरव गर्दै हिडनु भन्दा सन्त महात्माको मार्ग निर्देशन सहितको हिन्दु राष्ट्रको लागि लाग्नु पर्दछ भन्नेमा छौं । राजाको सा:ख कुनै एक जना सन्त महन्तले बचाई दिदैन भनिए झैं अव जनस्तरैबाट आफनो पहिचानको रक्षार्थ राजाको मात्र होईन,स्वघोषित सन्त महन्त,ज्योतिष,व्राह्मण,धर्म गुरुहरुको समेत छानविन गरी उनिहरुको नियत छर्लङयाउादै जानुपर्छ अध्यक्ष थापाले स्पष्ट पार्नु भयो । यसरी हिन्दुत्वमाथि बेलाबेलामा छटनी नहुादा राजा राजनितिज्ञ जस्ता,विज्ञानको पर्याय ज्योतिष विद्या ठग जस्ता र ब्रह्मज्ञानी ब्राह्मणहरु द्यलालको रुपमा परिभाषित हुने गरेकोले यो स्थितिको अन्त्य हुनै पर्छ जुन कर्म हामीबाटै हुनु पर्दछ हिन्दु युवा संघका अध्यक्ष थापाले स्पष्ट पारे ।
नेपालमा हिन्दु वैदिक सनातन धर्मको प्रवेश
यहाा एउटै हिन्दु विषयमा धेरै प्रकारका परिभाषा देखापरे । खासगरी हिन्दुलाई धर्मका रूपमा व्याख्या गर्ने ऋषि दीर्घतमा हुन् । आर्यहरु भारत भित्रिनुअघि अर्थात ई.सं.१००मा नारायण सम्प्रदायको विष्णु धर्मलाई ऋग्वेदको दसौं मण्डलका पुरुषुक्तमा भित्रयाई सिन्धु सभ्यतामा समावेश गराए । त्यसभन्दा अघि गरुड जातिको नारायणी धर्म, शंखग्रिव कापलिकको योनितन्त्र, नागजातिको पुत्र मन्थ, निषादको वनदेवीलगायत भूषिक, टिटाक, पक्ष गन्धर्व आदि जनजातिको आ–आफ्नै छुट्टाछुट्टै धर्म थिए । जो अनार्य र वेद नमान्ने जाति हुन् । वास्तवमा शैवपनि अनार्य अवैदिक सम्प्रदायका पुज्य पुर्खा देवता हुन् । ती सबै धर्मलाई सङ्गठित गर्ने क्रममा शैव धर्मलाई पनि संस्कृत साहित्य रचना गरी हिन्दुस्थानभित्र प्रचलित सम्पूर्ण धर्मलाई एकै हरफमा राखी ब्रम्हा, विष्णु महेश्वर (शिव) नाउामा त्रैतवादी हिन्दु धर्मको नाउा दिई प्रचार गरियो । ठीक त्यसै बेला आर्य सभ्यताअघिदेखि नै भारतमा अनार्यले प्रयोग गर्ने ॐ मन्त्रलाई श्वेताश्वर उपनिषद् रचना गरी हिन्दुले ग्रहण गरे ।
ई.पु. ४०० तिर बुद्ध र जैन धर्मको अनिश्वरवादले व्यापकता पाएको बेला वेदवादी हिन्दु राष्ट्रवादीले धर्मका रूपमा सङ्गठित हुादै ईश्वरवादलाई बचाउन वासुदेव भक्ति प्रचार गरे । यसैलाई भागवत गीता र भक्ति आन्दोलन भनियो । श्रम नगरी ईश्वरले तथास्तु भनेको भरमा केही पनि प्राप्त हुादैन भन्ने बुद्ध वचनलाई कसैगरे पनि दबाउन नसकेपछि वेदवादी जयदेवले गीता, गोविन्दावली, अष्टपदी साहित्य रचना गरी बुद्धलाई समेत हिन्दु धर्मको नवौं अवतारमा रूपमा व्याख्या गरे ।
‘मत्स्य कुर्मो वराहश्च: नृसिंह वामनस्तथा,
रामो रामोश्य: रामोश्य: कृष्ण बुद्धकल्की तथैवच:’
रूपी साहित्यलाई हिन्दु धर्मको रूप दिई नेपालमा प्रवेश गराउने कार्य ई.सं. ७५० मा कुमारिल भट्ट र ई.सं. ७८८ मा शङ्कराचार्यले गर्नुभएको आख्यान पाइन्छ । आख्यानअनुसार हिन्दुस्थानमा अनाचारले व्याप्त बौद्ध भिक्षुको मूलोच्छेदन गर्दै लखेट्दा भागेर नेपालमा आफन्तको शरणमा आएका थिए । तत्कालीन नेपालको राज्य व्यवस्थासंग मिलेर शङ्कराचार्यले बौद्ध भिक्षुलाई जबर्जस्ती विवाह गराए भने विहार, गुम्बा, चैत्य भत्काउने र ८४ हजार बौद्ध ग्रन्थ जलाएर नष्ट गरिदिएको कुरा नेपाल ऐतिहासिक रूपरेखामा बालचन्द्र शर्माले उल्लेख गर्नुभएको छ । तत्पश्चात् ने.सं. ५०० तिर सामाजिक सुधारको नाउामा राजा राजलदेवीका श्रीमान् जयस्थिति मल्लले राज्यसत्ता आफ्नो हातमा लिई भारतको कान्यकुब्जबाट कीर्तिनाथ उपाध्याय, मिथिलाबाट रघुनाथ झा र रामनाथ झा, दक्षिण भारतबाट श्रीनाथ भट्ट र महिनाथ भट्ट, ब्राम्हण झिकाई नेपालमा सर्वप्रथम हिन्र्दुको मनुस्मृतिका आधारमा जातीय छुवाछूत, उचनीच, सती प्रथा र पितृसत्तात्मक राज्य व्यवस्था लाद्ने कार्य भएको ऐतिहासिक दस्तावेज पाइन्छ ।
त्यसभन्दा अगाडि नेपालमा विभिन्न जाति, नश्ल संस्कृति भए पनि छुवाछूत प्रथा नरहेको, पतिको निधन हुादा पत्नीले जिउादै जलेर सती जानु नपर्ने र जेठी छोरीले पनि ‘राजा’ को स्थान ओगट्न सक्थे भने छोरा र छोरीमा पनि भेद थिएन ।
नेपालमा हिन्दु राष्ट्रवादलाई धर्मको नाउा दिई राणकालमा व्यापक प्रचार–प्रसार गर्ने कार्य भए पनि शैव बौद्ध र नारायण सम्प्रदायलाई समभावको नाउामा ने.सं. ७१० का राजा पुरुन्दर सिंहले पाटनमा चार नारायण, ने.सं. ५४७ मा राजा यक्ष मल्लले भक्तपुरमा यक्षेश्वर महादेव र काठमाडौंमा राजा महेन्द्र मल्लले ने.सं. ६९६ मा महेन्द्रश्वर महादेव सर्वप्रथम स्थापना गराएको प्रमाणित आधार पाइन्छ । उपत्यकामा जति पनि हिन्दु भनिने शैव,विष्णु, वैदिक मठमन्दिर निर्माण भएका छन् ती मन्दिरमा एकजना पनि नेपाली पूजारी नभई भारतीय पूजारी (पछि नेपाली बनेका) हुनुले पनि आदिमकालमा नेपाल हिन्दु वैदिक नरहेको प्रमाणित हुन्छ । त्यसभन्दा अघि नेपालमा जति पनि वैदिक मठ–मन्दिर स्थापना भए ती सबै लिच्छविकालमा प्रचलित प्राकृत किरात कौल–तन्त्र, शाक्त र बौद्ध धर्मसंग समायोजित रूपमा मात्र पाइन्छन् विज्ञहरुले यस तर्फ अनुसन्धान गर्नु आवश्यक छ ।
वैदिक सनातन धर्मावलम्बी कसलाई भन्ने ?
जसले भगवान्को मुखबाट ब्राम्हण, पाखुराबाट क्षत्री, तिघ्राबाट वैश्य र पैतलाबाट सुद्र सिर्जना हुन्छ भन्ने विश्वास गर्दछन् र जो २५ वर्ष ब्रम्हचर्य आश्रम, २५ वर्ष गृहस्थाश्रम, २५ वर्ष सन्न्यासश्रम र २५ वर्ष वान प्रस्थाश्रम जीवन व्यतीत गर्नमा आफ्नो अस्तित्व देख्छन्, ती व्यक्ति वा समूहलाई वैदिक सनातन भन्ने गरिन्छ ।
भनिन्छ, सत्ययुगमा कपिलमुनि ऋषिले हिन्दुस्थानको गङ्गासागर तटमा, त्रेतायुगमा हिन्दुस्थानकै गिरिनारमा रही दत्तात्रयले, द्वापरयुगमा नेपालको दमौलीमा जन्मेका व्यास ऋषिले र कलियुगमा जगत्गुरु शङ्कराचार्यले दक्षिण भारतमा रही वेदलाई बचाएर यहाासम्म पुर्याएका हुन् तर हिन्दुको नाउामा चाहिं थिएन् । अवका धर्म व्याख्याताहरुले यी तथ्यलाई केलाउादै हिन्दुत्वको परिभाषा वर्तमान पुस्तालाई बुझाउानु अगडि बढनुपर्ने देखिन्छ ।
सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया सर्वे भद्राणी पश्यन्तु मा कस्चिद दु:ख भाग्जनम्


















