–निमकान्त पाण्डे
कान्तिपुर पब्लिकेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र मुक्तिश्री प्रा.लि.का अध्यक्ष अजेयराज सुमार्गीबीचको विवाद ‘पेपर वार’मा परिणत हुादै अदालतको कठघरासम्म उभिनुपर्ने अवस्थामा पुगेको छ । सुमार्गीले विदेशबाट लगानी भित्र्याउनका लागि गरेको प्रयासको विरोध गर्दै कान्तिपुर पब्लिकेशनले ‘कारबाही राजनीतिक दवावमा नरोकियोस्’ भन्नेसम्म आग्रहपूर्ण प्रेस विज्ञप्ति नै जारी गरेर सञ्चारमाध्यमको उपयोग गरेको छ । यही कान्तिपुर पब्लिकेशनले चार वर्षअघि सुमार्गीबाट लगानी भित्र्याउन गरेको प्रयासलाई स्वागत गर्दै समाचार प्रकाशन गरेको थियो । समाचारका पुराना कटिङहरू सार्वजनिक गर्दै सुमार्गीले आफ्नै कर्पाेरेट कार्यालय बानेश्वरमा भव्य पत्रकार सम्मेलनको आयोजना गरी कान्तिपुर पब्लिकेशनले आफूसाग ब्ल्याकमेलिङ गरेको आरोप सातपटक दोहोर्याउादै लगाएका छन् । सुमार्गीको आरोप र कान्तिपुर पब्लिकेशनको समाचार प्रकाशनको शैलीलाई अध्ययन विश्लेषण गर्ने हो भने अविश्वास गर्नुपर्ने कुनै कारण छैन । कान्तिपुरले सुमार्गीप्रति पूर्वाग्रहपूर्ण समाचार प्रकाशन गरिरहेको छ भन्ने पुष्टि हुन्छ ।
सुमार्गीको लगानी यदि अपारदर्शी छ भने त्यो राज्यको चासोको कुरा हो । सुमार्गीले आफ्नो लगानीको स्रोत स्पष्ट गरेका छन् । उनले विदेशी संस्थाहरूबाट कर्जा लिएर देशभित्र विभिन्न उद्योगहरूमा लगानी गर्ने भनी पत्रकार सम्मेलनबाटै चार वर्षअघि सार्वजनिक गरेका थिए । चोरी वा अवैध आर्जनको सम्पत्तिलाई कसैले पनि सार्वजनिक गरेर भित्र्याउने हिम्मत गर्न सक्दैनन् । सुमार्गीले भित्र्याउन चाहेको सम्पत्ति देशमा उद्योगधन्दा सञ्चालन गर्नका लागि भएको कुरा स्पष्ट पारेका छन् । उनले मुक्तिश्री प्रा.लि.मातहतमा सञ्चालन हुन गइरहेको उद्योगहरूको नाम र अनुमानित लगानी पनि सार्वजनिक गरेका छन् । सुमार्गीबाट सार्वजनिक गरिए अनुसार उद्योगहरूमा लगानी हुनु निश्चय पनि अपराधजन्य काम होइन । विदेशबाट लगानी भित्र्याएर देशलाई नै फाइदा पुर्याउने र नेपाली नागरिकहरूलाई नै रोजगारी सृजना गर्ने काममा सुमार्गीको प्रयास देखिन्छ । यसो गर्नु निश्चय पनि अपराध होइन ।
कान्तिपुर पब्लिकेशनले सुमार्गीबाट भित्र्याउन खोजिएको विदेशी लगानी भित्रिन नदिन अथक प्रयास गरेको देखिन्छ । कान्तिपुर पब्लिकेशनलाई विदेशबाट कसैले लगानी भित्र्याउादा आपत्ति हुनुपर्ने कारण के हो ? खोजीको विषय हो । कान्तिपुरले नै लगाएको आरोपअनुसार देशभित्र अवैध धन आर्जन गरी विदेश पठाएर त्यसलाई विदेशबाट ल्याएको देखाई धनलाई वैध बनाउन खोजिएको भनिएको छ । यो आरोपलाई कान्तिपुर पब्लिकेशनले प्रमाणित गर्न सक्नु पर्दछ । कुन अवैध धन्दा गरेर सुमार्गीले धन आर्जन गरे ? आरोप लगाउनेले प्रमाणित गर्न पनि सक्नुपर्दछ ।
विदेशी नागरिकहरूलाई नेपालमा लगानी गर्न राज्यले आह्वान गरिरहेको छ । लगानीकर्ता विदेशीहरू नेपालमा लगानी गर्न आए भने उनीहरूको स्वार्थ कस्तो हुादोरहेछ भन्ने कुरा एनसेल प्ररकाबाट स्पष्ट भइसकेको छ । एनसेल प्रकरणमा राज्यले गुमाउनुपरेको लाभकर अब कसरी प्राप्त गर्न सकिएला ? अजेय सुमार्गी एक नेपाली नागरिक हुन्, उनले विदेशबाट लगानी भित्र्याएर देशभित्र उद्योगहरू सञ्चालन गर्छन् भने एनसेल प्रकरणमा नेपाल ठगिएजसरी अवस्य ठग्न पाउने छैन । सुमार्गीको लगानी नेपालको सम्पत्ति हुन सक्नेछ । त्यसैले यस्तो लगानीलाई रोक्नुपर्ने वा हतोत्साही बनाउनुपर्ने कारण कान्तिपुर पब्लिकेशनलाई के पर्यो ? स्पष्ट पार्न सक्नु पर्दछ ।
विश्वका अर्बपतिको सुचीमा नेपाली अर्बपति भनेर सूचीकृत हुन पुगेका नेपाली उद्यमी विनोद चौधरीले नेपालबाट पुाजी पलायन गरिरहेका छन् । नेपालबाट पुाजी बाहिर लगेर विदेशमा उद्योगहरू सञ्चालन गर्नु ठीक हो वा विदेशबाट लगानी भित्र्याएर नेपालमा उद्योगहरू सञ्चालन गर्नु ठीक हो ? यस विषयमा कान्तिपुर पब्लिकेशनले के जवाफ दिन सक्छ ? विनोद चौधरीबाट भइरहेको पुाजी पलायनबारे एक अक्षर लेख्न नसक्ने कान्तिपुर पब्लिकेशनले सुमार्गीबाट पुाजी भित्र्याउन खोजिएको र देशभित्रै उद्योगहरूमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरिरहेको अवस्थामा दर्जनौपटक समाचार लेख्न किन आवश्यक ठान्यो ? यसैबाट प्रष्ट हुन्छ कान्तिपुर पब्लिकेशनले सुमार्गीसाग ‘ब्ल्याकमेलिङ’ गरिरहेको छ ।
(- जनधारणा साप्ताहिक)















