काठमाडौं । विश्व सांस्कृतिक शान्ति पदयात्राको पहिलो चरणमा हिजो शनिबार काठमाडौंको स्वयंम्भूबाट नमोबुद्धसम्म साइकल यात्रा सम्पन्न गरियो । साइकल यात्राको शुभारम्भ ईमेज ग्रुप अफ कम्पनिजका उपाध्यक्ष रघुवीरभक्त मानन्धर, चारुमति बुद्धिष्ट मिसन नेपालका संस्थापक अध्यक्ष भिक्षु तपस्वी धम्म र नेपाल टेलिभिजनका महाप्रबन्धक गोबिन्द रोक्का लगायतबाट संयुक्त रुपमा सम्पन्न भएको थियो । सो विश्वशान्ति साईकल साास्कृतिक र्यालीको संयोजकत्व राष्ट्रिय धावक बैकुण्ठ मानन्धरले गरेका थिए ।
आगामी वैशाख १ गते नयाा वर्ष सद्भाव, शान्ति पदयात्रा र उल्लासमय रुपमा मनाउने उद्देश्यका साथ साईकल यात्रा गरिएको हो । साइकल यात्रा स्वयम्भू भगवानपाउबाट, भक्तपुरको सल्लाघारी, बनेपा, धुलिखेल, हिरण्यगिरी हुादै नमोबुद्ध पुगि समापन गरिएको थियो । साइकल यात्रामा २ सय यात्री सहभागी भएको विश्व साास्कृतिक शान्ति पदयात्रा समितिका उपाध्यक्ष राज्यलक्ष्मी शाक्यले जानकारी गराउनु भएको छ । उक्त कार्यक्रम पनौति नगरपालिकाको डबलीमा नगरपिता भिम न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा पनौती उद्योग वाणिज्य महासंघका अध्यक्ष भोला थापालाई नेपाल टेलिभिजन संचालक समितिको निर्देशकमा नियुक्त भएको उपलक्ष्यमा नगर प्रमुख भिम न्यौपानेले सम्मान गर्नु भएको थियो । कार्यक्रममा पदयात्रा समितिका बरिष्ठ उपाध्यक्ष विश्व उलक, संयोजक नरेश मानन्धर, महासचिव पवन थापा, सचिव पाल्देन लामा, कोषाध्यक्ष देवलक्ष्मी सैंजु, सदस्यहरु अनिल मानन्धर, राजकुमार कर्माचार्य, शैलेन्द्र श्रेष्ठ लगायत सम्पूर्ण पदाधिकारीहरु र पनौती स्थानीयबासीहरुको भब्य उपस्थितिका बीच समापन भएको थियो ।



















