बलात्कारपछि बालिकाको हत्या

320

खोटाङ । खोलाको बगरमा गाडिएको अवस्थामा फेलापरेको रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी ८ वर्षीया बालिका लुमणी भनिने ब्रिस्मा राईलाई बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ । गत माघ १० गते हराएकी बालिका स्थानीय चिम्चीमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी थिइन् । उनलाई सोही स्थानका १६ वर्षीय जीउधन राईले बलात्कारपछि हत्या गरेर ढाकछोप गर्न खोलाको बगरमा गाडेको पुष्टि भएको प्रहरीले जनाएको छ । घटनालगत्तै पक्राउ परेका राईको बयान, घटनाको प्रकृति र शव परीक्षण गर्दा जबरजस्ती करणी गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभएको छ ।     (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here