बाढी प्रभावित विभिन्न पालिकालाई स्वास्थ्य सामग्री वितरण

119

काठमाडौं । यस वर्षको मनसुन सुरुआतसँगै आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकका विभिन्न पालिकाका बासिन्दालाई औषधि तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ।

सात शिखर आरोही महिलाको संस्था ग्लोबल इन्क्लुशिभ एडभेन्चर अर्गनाइजेसनको समन्वयमा ‘एक एक पाइला’ नामक संस्थाले जिल्लाका तीन पालिकालाई स्वास्थ्य सामग्री वितरण गरेको हो।

सिन्धुपाल्चोक उद्धार कार्यक्रमअन्तर्गत मेलम्ची नगरपालिका तथा हेलम्बु र पाँचपोखरी गाउँपालिकाका ५०० घरपरिवारलाई लक्षित गरी स्वास्थ्य सामग्री र औषधि वितरण गरिएको हो। फाउण्डेसनका अध्यक्ष डा सुमन शम्शेर थापाले ती सामग्री हस्तान्तरण गर्दै बाढी र पहिराबाट प्रभावित जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य सामग्री तथा औषधि वितरण गरिएको बताए।

उनले राजधानीमा बसोबास गर्ने शहरी गरिबलाई लक्षित गरी थापाथलीमा सामुदायिक अस्पताल सञ्चालन गरिएको र निकट भविष्यमा जाजरकोटमा पनि अस्पताल स्थापना गर्न लागिएको जानकारी दिए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here