डा. दीपेन्द्र रोकाया
गोदावरीबाट सातदोबाटोतिर आउने बाटोमा पर्दछ, हरिसिद्धि मोड । त्यहााको एक भित्तामा अझै ‘जनयुद्ध जारी छ’ भनी लेखिएको नारा देख्न पाइन्छ । यसले मलाई निकै गम्भीर बनाउाछ । फागुन १ गते यसै जनयुद्धमा एक भएर लडेका योद्धाहरूले फरक फरक तरिकाले कार्यक्रम गरी जनयुद्ध दिवशको स्मरण गरेका छन् । जनयुद्धलाई स्मरण गर्ने तौर र तरिका फरक देखियो । यस पंक्तिकारले ती सभाहरूमा गई उमंग प्रस्तुत गर्न सकेन । कारण हिजोको आदर्श र आजको वास्तविकता नितान्त फरक पर्दै गएको छ । यद्यपि भोलि जनताले जित्नेछन् भनी कामना गर्नु पर्दछ ।
हिजो एउटै लक्ष्य र उद्देश्यले लडेका योद्धाहरू आज माओवादी केन्द्र, नेकपा (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिष्ट पार्टीका रूपमा देखा परेका छन् । यसमध्ये माओवादी केन्द्र र एमालेबीच संभवत: यो लेख प्रकाशित हुादासम्म एकताको घोषणा भई सक्नेछ । यसैगरी नेकपा (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिष्ट पार्टीको पनि एकता हुने प्रक्रिया अघि बढेको छ । यो ध्रुवीकरणलाई गतिशील समाजको गतिशील आधारमा ब्याख्या र विश्लेषण हुने नै छ । जहाासम्म को कति क्रान्तिकारी ? भन्ने सन्दर्भ छ, त्यो भने समय र जनमतले व्याख्या गर्ने कुरा हो ।
विश्वमा सत्ता सञ्चालनका लागि वैद्यता प्राप्त गर्ने आधार कि बन्दुकको नालबाट सत्ता कब्जा भएका छन् । त्यो भएन भने निर्वाचनको माध्यमबाट जनमतका आधारमा राज्यसत्ता सञ्चालन गर्ने स्थानमा पुग्ने र बाहिरिने क्रम चल्दछ । यहाा पनि यही प्रक्रियामा नेतृत्वको गतिशीलपनाका आधारमा माओवादी दुईतिर केन्द्रित भइरहेका छन् । परिणामस्वरूप उतिबेलादेखि नेतृत्वमा रहेका प्रचण्डले आफ्ना पंक्तिलाई संघीय संरचनाको कार्यान्वनका क्रममा विकास र समृद्धिको लडाइामा केन्द्रित गराइरहेका छन् । किरण र विप्लवहरूले रुस र चीन तथा नेपालको मोडलको चर्चा गर्दै छन् । आरोप प्रत्यारोपण चलिरहेको छ । राजनीतिमा यस्तो भइरहन्छ ।
सात दशकको राजनीतिलाई नजिकबाट हेर्दा कम्युनिष्टहरूको टुट, फुट, विभाजन र एकता जस्ता अभ्यासले यतिखेर सबैलाई नयाा ठाउामा पुर्याएको छ । नयाा अनुभव गराएको छ । सबैलाई धरातलीय यर्थाथ चिन्ने मौका मिलेको छ । हिजोदेखि संसदीय राजनीतिमा खारिएको एमाले र जनयुद्धदेखि संसदीय राजनीतिक अभ्यासमा रहेको माओवादी केन्द्रको एकताले मुलुकलाई नयाा मोडमा पुर्याउने नै छ । त्यो मोड कस्तो हुनेछ भन्ने कुरा उनीहरूका बोली अनुसार ब्यवहार भयो भने देशले शान्ति, समृद्धि र समाजवाद प्राप्त हुनेछ । भएन भने देश र जनताले धिकार्दै अर्को विकल्प खोज्नु पर्नेछ ।
कतिपयले अचम्म मान्दै यो एकता टिक्दैन भन्ने गरेको पाइन्छ । यसले बाटो बिरायो पनि भन्दछन् । उनीहरूले नेपाली जनमतले यस प्रवृतिलाई वैधानिकता दिएकोतर्फ हेर्न आवश्यक छ । यहाा चिनियाा नेता देङ स्यायो पिङको भनाइ उद्धृत गर्न उपयुक्त ठान्दछु, बिरालो सेतो होस् कि कालो, मुसा मार्नु पर्दछ । भनाइको तात्पर्य, नेपाली जनताले चाहेको विकास, समृद्धि र सामाजिक न्याय हो । यस्ता कुरामा यस एकताले ठोस आधार बनाउाछ भने यो प्रगतिशील बाटो हो भन्न हिच्किचाउन पर्दैन । हामीले युद्धकालमा देङको नाम सुन्नै चाहन्नथ्यौ । बुझ्दै जाादा चीनलाई यो स्थानमा पुर्याउन माओपछि उनकै योगदान रहेको रहेछ । मेरो भनाइको मतलब हो, मैले देखेको बिरालो टाटेपाटे मात्र थियो । कालो र सेतो पनि हुादो रहेछ । अझ अरु रंगका पनि बिराला हुने रहेछन् । ती जे रंगका भए पनि तिनले मुसा मार्दछन् भने ती बिराला असली बिराला हुन् ।
यस एकतामा एमाले वृत्तमा प्रचण्ड र त्यसपछि केही जनाको व्यवस्थापन गरे पुग्ने अड्कल तथा त्यही रूपमा माओवादीकाले आफूहरू एमालेमा विलय हुने कुरामा चिन्ता दर्शाइरहेको पाइन्छ । यी दुवै कुरा गलत हुन् । यी दुवै पार्टीका नामहरू मेटिनेछन्, नयाा नाम बन्नेछ । त्यसपछि त्यो नयाा पार्टीमा नयाा भूमिका लिई अगाडि बढ्न सक्नु पर्दछ । यसमा कसले कस्तो भूमिका खेल्नेछन् र कसरी जानेछ भन्ने कुरा सिद्धान्त र व्यवहारमा भर पर्नेछ । अबको यात्रा विकासमा केन्द्रित भई राजनीति गर्नमा केन्द्रित गर्न पर्नेछ । यसर्थ नेतृत्व तहबाट आउादा चुनौतीहरूलाई व्यवस्थापन गर्ने विषयमा सपनाहरू देख्न पर्दछ ।
मानव विकास सूचकांक, भौतिक पूर्वाधार तथा सामाजिक विकास सूचकांकका आधारमा सबभन्दा पछाडि रहेको नेपाललाई देख्न परिरहेको छ । यहाा जे जति असजिला र असम्भव लाग्ने खालका समस्याहरू छन्, तिनको चर्चा गर्दा महाभारत बन्नेवाला छ । ती समस्या तथा चुनौती हाम्रा सामु अजंगको पहाड भएर उभिएका छन् । सामाजिक–साास्कृतिक–आर्थिक सम्बन्धहरू त्यही रूपमा जेलिएका छन् । यसलाई समस्याले समाधानको सूत्र देखाइरहेको रूपमा लिादै नेपाल कम्युनिष्ट पार्टीले समग्र विकास र समृद्धिका निमित्त बोली र व्यवहारअनुसार कार्यान्वयन गर्न आवश्यक छ । (- जनधारणा साप्ताहिक)















