चन्द्रप्रकाश बानियाँ
पछिल्लो आम निर्वाचनमा पार्टी एकीकरण गर्ने वाचासहित मतदातासमक्ष वाम गठबन्धनले मतयाचना गरेको कुरा सत्य हो । यद्यपि मतदाताहरूको रुचि अरुचिको कुरा त्यो थिएन, तापनि त्यसको परिणाम सरकारको स्थायित्व हुन्थ्यो र स्थिर सरकारले मुलुकलाई समृद्धिको दिशातिर डोर्याउने सम्भावनालाई बल पुर्याउाथ्यो । त्यसैले नेपाली जनताले वाम गठबन्धनको याचना स्वीकार गरेको हो । निर्वाचनमा विजयी बनाएर सरकार गठन गर्ने अवसर प्रदान गरेको हो । निर्वाचन सम्पन्न भएको दुई महिना पूरै बितिसकेको छ । सरकार गठनले मूर्तरूप लिन भने सकेको छैन । यो विलम्बमा संवैधानिक प्रावधानहरू एक्लै जिम्मेवार छन भन्न मिल्दैन । अलिकता योगदान नेपाली कााग्रेसको सत्तामोहको छ र पार्टी एकीकरण पहिले कि सरकार भन्ने विषयमा वाम गठबन्धबीच देखिएको विमति पनि अलिकता जिम्मेवार छ । खासगरेर, सरकार र पार्टीसत्ताको बााडफाड कसरी गर्ने भन्ने कुरामा दुई पार्टीबीच बेलैमा सहमति जुट्न नसकेकै हो । दुईवटा भिन्न पृष्ठभूमिबाट निर्मित पार्टीहरूबीच एकीकरण गर्ने विषय उति सजिलो होइन पनि । सांगठनिक व्यवस्थापन स्वभावत: पेचिलो हुने नै भो । केही सैद्धान्तिक विषयहरूमा सहमति जुटाउन गाह्रो भएको छ भन्ने कुरा पनि सार्वजनिक भएको थियो । तर त्यसमा वास्तविकता थियो भन्न मिल्दैन । एमालेसाग नयाा सन्दर्भलाई सम्बोधन गर्ने कुनै विशिष्ट सैद्धान्तिक मसला बााकी थिएन । उसले सिद्धान्त र कार्यक्रम दुवै मानेको जवजलाई ६२/६३ को आन्दोलनले असान्दर्भिक सावित गरिदिसकेको हो । अर्थात् एमालेसाग कुनै मार्गदर्शन सिद्धान्त र दर्शन बााकी थिएन । एमालेसाग एकीकरण गर्न माओवादी केन्द्र अघिसर्नु भनेको पूर्व मान्यताहरू छोड्न तयार हुनु नै थियो । अर्थात सिद्धान्तविहीन यात्राको तयारी थियो । सिद्धान्त, विचार, दृष्टिकोणविहीन एउटा अर्को पार्टी, त्यो पनि आकारमा आफूभन्दा तेब्बर ठूलो समूहसाग एकीकरणको लागि तयार हुनुको अर्थ आफू पनि उस्तै बन्न तयार हुनु थियो । माओवादी केन्द्र त्यसका लागि २०६४ सालमै तयार भएको हो । त्यसैले ती दुई पार्टीबीच मिलाउनुपर्ने जटिल सैद्धान्तिक मामला थिएन । त्यसैको निहुामा कुनै पक्षले शाब्दिक जञ्जाल अघि सारेकै थियो भने पनि त्यो केबल आफ्नो संगठनको जुागो राख्ने दाउपेच मात्र थियो ।
दुई पार्टीबीच एकताको बाटोमा अवरोध बनेर उभिएको समस्या केवल नेतृत्वको व्यवस्थापन मात्रै थियो । दुई पार्टी एकीकृत हुने भएपछि स्वभावत: पदको बााडफााड हुनै पर्यो । संगठनको एकीकरण गर्नै पर्यो । त्यसका लागि दुई पक्षलाई मान्य हुने सहमति जुटाउनै पर्यो । संगठनमा त बरु आआफ्नो शक्तिअनुसार भागविलो प्रतिशतमा मिलाउादा हुने भो । समस्या मुख्य नेतृत्वको हो । बाहिर जजसले जे जे भने पनि अलमलको अन्तर्यमा आफूभन्दा आकारमा निकै सानो समूहको मुखियालाई नेता मान्न अन्कनाएको भाव एमालेमा थियो । प्रधानमन्त्री र पार्टीअध्यक्षको मुख्य दुवै पद एमालेले आफैसाग राख्न चाहेकै हो । तत्काल सजिलै सहमति हुन नसक्नुको कारण त्यही हो । त्यो अस्वाभाविक पनि होइन । दाबी आ–आफ्नै भए पनि जनमतले पार्टीहरूको हैसियत स्पष्ट गरिदिएको छ । निर्वाचनमा वाम गठबन्धन सगोलमा लडेको हो । गठबन्धनको नेता ओली नै हुन । ओलीलाई सरकार प्रमुख बनाउने मतादेश गठबन्धनले पाएको हो । त्यसैले सरकारको नेतृत्व ओलीले गर्ने कुरामा कतै प्रश्न उठाउने ठाउा थिएन । जहाासम्म पार्टी नेतृत्वको कुरा हो दुई पार्टी एकीकृत हुादा स्वभावत: ठूलो पार्टीको भागमा मुख्य नेतृत्व रहने कुरा पनि उत्तिकै स्वाभाविक हो । त्यसैले पार्टीनेतृत्व एमालेले छोड्न आलटाल गर्नु स्वाभाविक थियो । दुई पार्टीको संयुक्त शक्तिले निर्वाचनमा विजय प्राप्त गरेको हो र निर्वाचन परिणामले पनि एमाले एक्लैलाई बहुमत नदिएको हुनाले विजयमा समान हकदाबी माओवादी केन्द्रले गर्ने ठाउा पाएको हो । त्यसैले हैसियत ठूलो सानो जे भए पनि जनमत आर्जन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको संयुक्त गठबन्धनको मनोवैज्ञानिक प्रभावको सम्मान हुनुपर्छ भन्ने दाबी माकेको हो । गठबन्धनबाट माके अलग हुादा वा दोस्रो क्याम्पमा बसाइा सर्दा एमालेको सत्तारोहणको सपना समाप्त हुने भएकोले त्यसबापतको मूल्य आफूले पाउनुपर्छ भन्ने दाबी उसको हो ।
ढिलो चााडो नेतृत्वबीच सहमति हुनु नै थियो, भयो भनिन्छ । वाम गठबन्धनको सरकार बन्ने निश्चित भयो । जनताले दिएको मतादेश त्यही हो । पार्टी एकीकरण होस् वा नहोस्, पार्टीको नेतृत्व एमालेकै रहोस् अथवा माकेको भागमा परोस् जनताको सरोकारको विषय होइन । पार्टीनेतृत्व जनमतबाट निर्वाचित हुने कुरा पनि होइन । जनताको अपेक्षा स्थिर सरकारको हो । पााच वर्ष एउटा सरकारले अविछिन्न सत्ता सञ्चालन गरोस् भन्ने चाहना हो । नेपाली जनता नेपालका वामपन्थीहरूको हैसियत र ल्याकतबाट राम्रोसाग परिचित छन् । त्यसैले वाम सरकारबाट कुनै चमत्कारको आशा जनताले गरेको छैन । यसपटक सत्तारुढ हुने वाम नेतृत्व पटक पटक परीक्षित र असफल सिद्ध भएकै हो । योग्यता क्षमताका दृष्टिले कााग्रेस र वामपार्टीहरूको नेतृत्वबीचको फरक ‘बीस उन्नाईस’ को मात्र हो । सरकार स्थिर बन्यो भने विकास निर्माणको गतिमा अलिकता वृद्धि होला कि भन्ने आशा मात्र हो । त्यसैले जनताको आशा टिकेको कसैको क्षमता र कार्यकुशलतामा होइन, सरकारको स्थिरतामा हो । सरकारको प्रदर्शनबाट पूरै निराश हुनु नपरे पनि ठूलो आशा गर्ने ठाउा जनताले देखेको छैन । त्यसमाथि थप मुलुकको साधनस्रोतको ठूलो हिस्सा संघीय संरचनाको व्यवस्थापनमै खर्चनुपर्ने वाध्यताले पनि विकास निर्माणको गति अपेक्षित नरहने कुरा समाजले बुझेको छ र आगामी पााच वर्ष अपेक्षित उपलब्धिको आशा गर्नु हुादैन भन्ने कुरामा जनता पूर्ण रूपमा सचेत र जानकार छ ।
वाम गठबन्धनको सफलताबाट जनताका आशा अपेक्षा पूरा नभए पनि दुईवटा महत्वपूर्ण कुरा भने हुनेछन् भनेर भन्न सकिन्छ । पहिलो कुरा त जनताले आफ्नो अमूल्य मतबाट इच्छाएको सरकार बनाउने बाटोमा तगारो लगाउने वा भित्रबाहिरबाट भएको जनताको सरकार बन्न नदिने कोशिसहरू असफल भएका छन् । वाम गठबन्धनबीच फाटो उत्पन्न गरेर त्यसमा खेल्ने प्रयत्न निरुत्साहित भएको छ । नेपाललाई सधै अस्थिर राखेर त्यसमा खेल्ने शक्तिहरूको दूराशय असफल भएको छ । देशभित्रको मात्र कुरा गर्ने हो भने वामहरूबीच फाटो परोस् र त्यसमा खेल्ने मात्रै होइन, सत्ताको नियन्त्रण सदा आफ्नो हातमा रहिरहोस् भन्ने नेपाली कााग्रेसको चाहनामा तुषारापात भएको छ । भारतीय विदेशमन्त्रीको अस्वाभाविक र असामयिक भ्रमणबाट उत्पन्न भएको वाम गठबन्धन टुट्ने हो कि भन्ने संशय पनि मेटिएको छ । कमसेकम तत्कालको लागि सरकार निर्माणको प्रारम्भमै उसको आयुको किटान गरिने वातावरणको अन्त्य भएको छ । वाम गठबन्धनबीच कष्टसाध्य नै भए पनि सहमति जुट्नुको पहिलो सफलता वा प्रतिफल अस्थिरता समाप्त हुने परिस्थितिको निर्माण हो ।
दोस्रो र थप महत्वपूर्ण विषय के रहेको छ भने समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्थाले सबै जातजाति, क्षेत्र, लिङ्ग र क्षेत्रलाई समेटेको छ । यो व्यवस्था मन नपराउनेहरूको संख्या अपेक्षाकृत मुलुकमा निकै ठूलो रहेको छ । व्यापक सहभागितामूलक यो व्यवस्थाबाट मुलुकमा सधै अस्थीरता निम्तन्छ भनेर पैरवी गर्दै आएको त्यो समूहको भविष्यवाणी झुठो सावित हुने भएको छ । समानुपातिक प्रतिनिधित्वको व्यवस्थाले कहिल्यै कुनै पार्टीको बहुमत आउादैन र देश सधैं अस्थिर बन्छ, सरकारहरू अस्थिर हुन बाध्य बन्छन्, मिलीजुली सरकार बनाउनुपर्ने अनिवार्य नियति उपस्थित हुन्छ भनेर रोइलो गर्ने र आफ्ना निकट आफन्तजनलाई संसदमा भर्ती गर्ने पार्टी नेतृत्वले अख्तियार गरेका गलत अभ्यासलाई देखाएर, देशमा विद्यमान धेरै पार्टीहरूको उपस्थिति देखाएर अस्थिरताको त्रास देखाउने र समानुपातिक नेतृत्वको व्यवस्थालाई गलत सावित गर्न खोज्नेहरूको मुखबुझो लाग्ने संकेत देखिएको छ । यसपटक वाम गठबन्धनलाई सरकार चलाउने मतादेश प्राप्त भएको छ । यो सरकार असफल भयो भने अर्को निर्वाचनमा अर्को गठबन्धनले विजय प्राप्त गर्ला । जसरी वाम गठबन्धन एउटा पार्टीमा रूपान्तरित हुने परिस्थिति निर्माण भयो त्यसैगरी लोकतान्त्रिक पार्टीहरूबीच पनि एकता होला । अथवा गठबन्धन संस्कृतिको विकास होला । र समानुपातिक प्रतिनिधित्व सधैं अस्थिरताको कारक बन्छ भन्नेहरूको मुख थुन्न सफल होला । बस्, वाम एकताको मुख्य उपलब्धि हालको लागि यत्ति नै होस् । त्यसभन्दा बढी अपेक्षा गरियो भने निराशाबाहेक अरु केही हात लाग्ने छैन ।
(- जनधारणा साप्ताहिक)















