काठमाडौं / अमेरिकी पत्रिकामा नेपाली अर्बपति घोषित विनोद चौधरीको स्वामित्व सञ्चालित उद्योगबाट उत्पादन भइरहेको वाईवाई चाउचाउमा प्रयोग गरिएको कच्चा पदार्थ र रसायन विषादीयुक्त रहेको भेटिएको छ । सोही कारण भारतमा सो चाउचाउको बिक्रीमै प्रतिबन्ध लगाइएको जनाइएको छ । वाईवाई चाउचाउमाथि भारत सरकारले प्रतिबन्ध लगाएको हो । नेपाली ब्रान्ड मानिने वाईवाई चाउचाउमा धेरै अखाद्य तत्व रहेको पुष्टि भारतको तामिलनाडुस्थित खाद्य प्रयोगशालाले गरेको अनुसन्धानबाट खुलेको जनाइएको छ । तामिलनाडुको खाद्य प्रयोगशालाले गरेको अनुसन्धानअनुसार वाईवाई चाउचाउमा ७ दशमलव ४३ गुणा बढी लिड (शिशा) रहेको भेटिएको छ । लिडको मात्रा सबै चाउचाउमा हुने गर्दछ, तर २ दशमलव ५ पीपीएमभन्दा बढी लिड भएको चाउचाउ मानव स्वास्थ्यका लागि विषादीसरह मानिने खाद्य प्रयोगशालाको भनाइ छ । वाईवाई चाउचाउमा २५ दशमलव ४५ पीपीएम लिड रहेको पुष्टि सो प्रयोगशालाले गरेको जनाइएको छ । लिडको मात्रा २ दशमलव ५ प्रतिशतभन्दा बढी भएको खाद्यवस्तु सेवन गर्दा शरीरमा अक्सिडेन्टको मात्रा बढ्न गई क्यान्सर रोगको संक्रमण हुनसक्ने, हड्डी कमजोर हुने, मुटुका भल्भहरू सााघुरिादै जाने, मस्तिष्कमा रक्त प्रवाह गर्ने नलीहरू सुन्निने, मूत्राशयमा मासु पलाउने, फिस्टुला र पायल्सको समस्या बढ्नेलगायतका रोगहरू देखा पर्ने स्वास्थ्यविज्ञहरूको भनाइ रहेको समाचारमा उल्लेख छ ।
त्यसका साथै, गर्भवती तथा प्रजनन् उमेरका महिलाहरूमा यस्तो लिडले सबैभन्दा ठूलो समस्या निम्त्याउने चिकित्सकहरूले जनाएका छन् । वाईवाई चाउचाउको प्रयोग बढेसागै दक्षिणी भारतमा पाठेघर खस्ने, महिनावारी गडबड हुने, गर्भपतन हुने, सुस्तमन:स्थितिको बच्चा जन्मने, महिनाबारी भएका बेलामा पेट दुख्ने, योनिबाट सेतो पानी बगिरहनेलगायतका समस्या बढी देखिएपछि सो चाउचाउको परीक्षण खाद्य प्रयोगशालामा गरिएपछि भेटिएको लिडको अत्यधिक प्रयोगका कारण वाईवाई चाउचाउ बिक्री वितरणमा रोक लगाएको समाचारमा उल्लेख छ ।
वाइवाई चाउचाउमा अरु चाउचाउले समेत प्रयोग नगरिएको अखाद्य रसायन मोनोसोडियम ग्लुकोमेट समावेश गरिएको भेटिएको छ । मोनोसोडियम ग्लुकोमेट रसायनले टाउको दुख्ने, आाखा कमजोर हुने, श्रवण शक्ति गुम्ने, जिब्रोले स्वाद पाउन छाड्नेलगायतका समस्या उत्पन्न हुने गर्दछ । त्यसैगरी, आकर्षक देखाउन सिन्थेटिक (एक प्रकारको प्लास्टिक)समेत वाईवाई चाउचाउमा प्रयोग गरिएको प्रयोगशालाको परीक्षणमा फेला परेको जनाइएको छ ।
वाईवाई चाउचाउ सेवनबाट बच्चाहरूलाई एलर्जी हुने, त्यही चाउचाउबाहेक अरु खानेकुरा नरुच्ने, स्मरण शक्ति कमजोर हुने, पढाइमा ध्यान नजाने, छिटो रिसाउने, एक्लै बस्ने, एकोहोरो हुनेलगायतका समस्या देखा परिरहेको परीक्षणबाट फेला परेको दावी गरिएको छ । वाईवाईमा बीएचए र बीएचटीजस्ता रसायनसमेत भेटिएको जनाइएको छ । यो चाउचाउमा प्रयोग हुने तेलमा यस्ता रसायनहरू फेला परेका छन् । यी रसायनहरूलाई क्यान्सरको स्रोत नै मानिन्छ ।
त्यसैगरी वाईवाईमा स्वाद बढाउनका लागि अजिनोमोटो नामक रसायन पनि अत्यधिक मात्रामा प्रयोग गरिएको पाइएको छ । नुन नमिसिादासम्म अजिनोमेटो रसायन खासै हानिकारक मानिादैन, तर यो रसायनमा नुन मिसिनासाथ तेजाबजस्तै अर्को रसायन बन्छ । जसले आन्द्रा र पेटमा प्वाल पार्ने, अपच हुने, कब्जियत बढ्ने, स्वास फेर्ने गाह्रो हुादै जाादा दमको रोग उत्पन्न हुनेलगायतका समस्या उत्पन्न हुने विज्ञहरूको दावी रहेको छ ।
















