काठमाडौं । युएस बंगला एयर विमान दुर्घटनामा निधन भएकाहरुको आत्माशान्तिको लागि विभिन्न बौद्ध धर्मावालम्वी संघ/संस्थाहरुले विश्व शान्ति पदयात्रा–२०७५ को आयोजना गर्ने भएका छन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी वैशाख १ गते नयाा वर्षको अवसरमा विश्व शान्तिको कामना गर्दै शान्तिको सन्देश प्रवाह गर्ने जानकारी दिइएको छ ।
नमो बुद्ध घ्याङ् गुठी, महिला बौद्ध समुह काठमाडौं, थाङ्गु याङ्चेन गोङपा, सेचेङ गोङ्गा र बौद्ध दर्शन अध्ययन अध्यापन केन्ऽको संयुक्त आयोजनामा सम्पन्न हुने उक्त ‘विश्व शान्ति पद यात्रा–२०७५’ को संयोजक राज्यलक्ष्मी शाक्यले सात कुण्डको जल बोधिसत्व वृक्षारोपण गरेर कार्यक्रमको शूरुवात गरिने जानकारी दिनुभएको छ ।
उहााले भन्नुभयो, ‘केही समयअघि यूएस बंगला एयर विमान दुर्घटनामा परि ज्यान गुमाएका ५१ जना स्वदेशी तथा विदेशी नागरिकको नाममा बोधिसत्व वृक्षारोपण गरिने छ, हेलिकप्टरबाट पुष्पवृष्टि गरिनेछ, उक्त कार्यक्रमले मृतकका आफ्न्तलाई सम्बोधन गर्नेछ, मृतकका आफ्न्तहरुले ति वृक्षहरुमा जल चढाएर आत्मशान्तिका लागि कामना गर्न सक्नुहुनेछ ।’
शाक्यले फेरी थप्नु भयो ‘हाम्रो मुलुकमा सरकार नभएको जस्तो, पीडितहरुको लागि कुनै वास्ता छैन्, बंगलादेशमा अध्ययन गरि स्वदेश फर्किने क्रममा दु:खद घटना घट्यो, यस्तो स्थितिमा पनि सरकारले मृतकका आफ्न्तलाई सम्बोधन गर्न सकेको छैन्, डा.पढेका विद्यार्थीहरुको लक्ष्य र लगानीलाई सरकारले बुझ्नुपर्छ ।’


















