काठमाडाैं । नेपाल पर्यटन बोर्डका अनुसार, नोभेम्बरमा ३३ देशका नागरिक भ्रमणका लागि नेपाल गरेका छन्।
यसमध्ये सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतबाट १० हजार ४२१ जना पर्यटक नेपाल भित्रिएका हुन्। त्यसैगरी, बाङ्लादेशबाट १ हजार ३८२, पाकिस्तानबाट २३१ पर्यटक नेपाल आएका छन्।
गत महीना नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा ४६.४९ प्रतिशत हिस्सा दक्षिणएशियाली मुलुकको छ। त्यसै गरी एशियाका अन्य मुलुकको हिस्सा ३.७१, यूरोपको २१.८८ प्रतिशत हिस्सा छ।
ओसियानाबाट २.४३ प्रतिशत र अमेरिकी देशबाट १६.३० प्रतिशत पर्यटक गत महीना नेपाल आएका छन्।


















