माधव नेपालको प्रस्तावः धुर्मस–सुन्तलीलाई पुनर्निर्माणको जिम्मा दिऊँ

179

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भूकम्पपछिको पुनर्निर्माणको जिम्मा धुर्मुस–सुन्तलीलाई दिन प्रस्ताव गर्नुभएको छ । सोमबार काठमाडौंमा पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’ को विमोचन कार्यक्रममा नेता नेपालले पीडित व्यक्तिहरुलाई पैसा दिएर घर निर्माण गर्नु भन्दा धुर्मुस–सुन्तलीलाई जिम्मा दिए उपयुक्त हुने जनाउनु भएको छ ।
कार्यक्रममा अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भूकम्पपीडितलाई अनुदान रकम एकमुष्ट दिनुपर्ने सुझाव दिएपछि नेता नेपालले त्यो भन्दा धुर्मुस–सुन्तलीलाई जिम्मा दिनुपर्ने सुझाव दिनुभएको हो ।
कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउण्डेसनले भूकम्प पीडितका लागि एकीकृत नमूना बस्ती निर्माण गरिदिएका छन् । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो–‘व्यक्तिलाई अनुदान दिनुभन्दा बरु राम्रो के हुन्छ भने धुर्मुस–सुन्तली जस्ता मान्छेहरुलाई जिम्मा दिए, उहाँहरुले धेरै राम्रो काम गर्नुहुने छ र गर्नुभएको पनि छ ।’

नेता नेपालले जनताले अनुभूति गर्ने गरी पुनर्निर्माण नभएको भन्दै अब राज्यले चासो दिनुपर्ने स्पष्ट पार्नु भएको छ । उहाँले पुनर्निर्माणलाई राज्यले नै व्यवस्थित गर्नुपर्ने पनि धारणा राख्नु भयो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अनुदानको नाममा अहिले पनि पीडित जनतालाई दुःख दिइएको भन्दै अनुदान रकम एकमुस्ट दिएमा पनि दुरुपयोग नहुने भन्दै आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here