अर्बपतिको ठगीका कारण बीमा कम्पनी संकटमा

381

काठमाडौं / विश्वका अर्बपतिमध्ये एक मात्र नेपाली अर्बपति घोषित विनोद चौधरीको २४ करोड आर्थिक प्रलोभनका कारण युनाइटेड इन्सुरेन्स कम्पनीमाथि संकट आइपरेको थियो । बीमा समितिले युनाइटेड इन्सुरेन्स कम्पनीलाई हकप्रद निष्काशन गर्न नपाउने निर्णय गरेको छ । बीमा समितिको यो निर्णयका कारण विनोद चौधरीको कम्पनी सीजी इलेक्ट्रोनिक्सलाई बुझाएको २४ करोड बढी बीमा असुल नगर्दासम्म युनाइटेड इन्सुरेन्सले हकप्रद निष्काशन गर्न नपाउने भएको छ ।

 
विनोद चौधरी कम्पनी सीजी इलेक्ट्रोनिक्सले गरेको नक्कली बीमा दाबीमा २४ करोड भुक्तानी दिने सवालमा युनाइटेड इन्सुरेन्स कम्पनीमा कार्यरत कर्मचारीमा समेत ठूलो उथलपुथल देखा परेको छ । जानकारी भएअनुसार इन्सुरेन्स कम्पनीका १ सय २७ जना कर्मचारीले चौधरीलाई दिइएको २४ करोड रूपैयाँ फिर्ता लिनुपर्ने अडान लिएका छन् । सीजि इलेक्ट्रोनिक्सको बीमा गराउने एजेन्टको कमिसन फिर्ता लिनुपर्ने र सो एजेन्टको लाइसेन्ससमेत खारेज गर्नुपर्ने माग ती कर्मचारीहरूको रहेको थाहा भएको छ ।

 
युनाइटेड इन्सुरेन्स कम्पनीले विनोद चौधरीको सीजी इलेक्ट्रोनिक्सलाई गरेको बढी बीमा दाबी भुक्तानीका कारण युनाइटेडको अग्नि बीमा बन्द गरिएको छ । अग्नि बीमा फुकुवाका लागि विनोद चौधरीले राजनीतिक लबिङ सुरु गरेका छन् । यसअघि पनि युनाइटेड इन्सुरेन्सको शतप्रतिशत हकप्रद पनि रोकिएको थियो । चौधरीको बीमा दावी ठगीसम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा पुगेको छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here