सर्लाही । सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली छ ।
जिल्लामा रहेका चार सय ७८ सामुदायिक विद्यालयमा दुई हजार नौ सय ३९ शिक्षकको दरबन्दी अतिआवश्यक रहेको कुशवाह बताउँछन् । रिक्त शिक्षक दरबन्दी पदपूर्ति नहुँदा सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रवाह गर्न नसकेको गुनासो आउने गरेको उनको भनाइ छ । जिल्लामा अधिकांश सामुदायिक विद्यालयमा तहगत शिक्षक, विषयगत शिक्षक र विद्यार्थी तथा शिक्षकको अनुपात मिलान नहुँदा शिक्षा र अध्यापनमा सुधार हुन सकेको छैन ।
बीस स्थानीय तह रहेको सर्लाहीमा हरेक स्थानीय तहमा १० भन्दा बढी सामुदायिक विद्यालय छन् । साुमदायिक विद्यालयको गुणस्तर खस्किँदो अवस्थामा रहेका कारण विद्यार्थी सङ्ख्या न्युन हुँदै गएको छ । केही विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै रहेको भए पनि शिक्षकको अभाव छ । केही विद्यालयमा शिक्षक मात्र छन भने केहीमा विद्यार्थी नै नभएको अवस्था छ । रासस
















