अस्मिता सुमार्गीद्वारा आगलागीपीडितलाई ५१ हजार सहयोग

190

काठमाडौं र थाहा मिडिया ग्रुप र स्याटलाइट टेलिकम प्रालिकी अध्यक्ष अस्मिता सुमार्गीले गत जेठ ७ गते दोलखामा आगो लागेर घाइते भएकाहरूलाई सहयोग गरेकी छिन् । आगलागीमा परी घाइते भई हाल कान्ती बाल अस्पतालमा उपचाररत ११ वर्षीया सीता पकुवाल र सोही घटनामा घाइते भई हाल टिचिङ अस्पतालमा उपचाररत उनकी आमा गोपिनी पकुवाललाई बिहीबार अस्पतालमा पुगी आर्थिक सहयोग गरेकी हुन् ।

 

अस्पतालमै पुगेकी अध्यक्ष सुमार्गीले घाइतेलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेकी हुन् । सुमार्गीले आगलागीमा परी सख्त घाइते भएका आमाछोरीलाई नितान्त मानवीय हिसाबले आफूले व्यक्तिगत रूपमा सहयोग गरेको जनाएकी छिन् । उनले भनिन्, ‘आगलागीमा घाइते हुनुभएको आमाछोरीलाई मैले मानवीय हिसाबले सहयोग गरेकी हुँ ।’ अध्यक्ष सुमार्गीले घाइतेको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेकी छन् । दोलखाका युवा नेता मीनकुमार शिवाकोटीले उक्त घटना र घाइतेबारे जानकारी दिएपछि आफू सहयोगका लागि अस्पताल पुगेको अस्मिताले जानकारी दिइन् ।

 

गत जेठ ७ गते दोलखाको कालिन्चोक गाउँपालिका–९ का शंकर पकुवालको घरमा आगलागी हुँदा तीन जना घाइते भएकामा आगलागीमा परी शंकर पकुवाल, उनकी श्रीमती गोपिनी पकुवाल, छोरी सीता पकुवाल घाइते भएका थिए । हाल घाइतेहरुको उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here