दैनिक काम गर्ने कम्प्युटरमा यी साइट कहिल्यै नखोल्नुहोस्

224

सामान्यतया आफ्नो कामको कम्प्युटरमा मानिसहरुले आफ्नो दैनिक कामहरु नै गर्ने गर्छन् तर कहिलेकाहीँ समय खाली रहेको अवस्थामा मानिसहरुले आफ्नो कम्प्युटरमा अन्य विभिन्न किसिमका साइटहरुको भ्रमण गर्ने गर्छन् । जसमा केही साइटहरु आफ्नो दैनिक काम गर्ने कम्प्युटरबाट नखोल्नु राम्रो हुन्छ । विशोगरी कार्यालयमा काम गर्ने समयमा भने मानिसहरुले सावधानी अपनाउनु जरुरी रहेको छ । कुनै पनि साइट खोल्दा आफ्नो विवरणहरु माथिल्लो तहमा कुनै न कुनै माध्यमबाटथ पुग्ने तथा आफ्नो काममा पनि नकारात्मक किसिमको प्रभाव पर्ने भएको निम्न साइटबाट टाढा रहनु राम्रो हुन्छ –
१. पोर्नोग्राफी वा यससँग सम्बन्धित वेबसाइटहरु
धेरै मानिसहरुलाई आफ्नो कामको समयमा कुनै पनि वेबसाइट खोल्नु उचित होइन भन्ने कुरा राम्रोसँग थाहा होला तर सबैलाई यस किसिमको ज्ञान भने नहुन पछि सक्छ । त्यसैले सामान्य कुनै पनि कामको समयमा आफ्नो कम्प्युटरमा यस किसिमको साइटहरु खोल्नुहुँदैन । एक विवरणले ग्रट ब्रिटनको संसदबाछ पनि तीनलाखभन्दा बढी पोर्न साइटहरुको खोजी गरिएको देखाएको थियो भने एक कम्पनीले आफ्ना कर्मचारीलाई एक सातामा ३९ घण्टा पोर्न हेरेको आरोपमा केही सजाय सुनाएको थियो । उनले आठ घण्टाको सिफ्टमा काम गर्दाको समयमा छ घण्टा पोर्न हेर्ने गरेका थिए ।
२. कम्पनीको कर्मचारीसँग भएको उच्चस्तरीय सूचनाहरु
यदि तपाईँलाई कमपनीको केही उच्चस्तरीय सूचनाहरु छन् र त्यो सूचनाहरु अरुलाई थाहा हुनु हुँदैन भने यस किसिमका विवरणहरु कहिल्यै पनि इनटरनेटमा खोल्नु हुँदैन । कम्पनीको आईटी डिपार्टले आफ्नो सूचनाहरुको विषयमा पनि जानकारी राखिएको हुन्छ । र उक्त विवरणहरु तपाईँले इन्टरनेटमा खोलेको उनीहरुलाई थाहा हुन्छ ।
३. व्यक्तिगत विषयसँग सम्बन्धित रहेका वेबसाइटहरु
यदि तपाईँ आफ्नो काममा हुनुहुन्छ र अर्को कुनै कामसँग पसिन तपाईँ आबद्ध हुनुहुन्छ भने तपाईँ निकै सावधानी हुनु जरुरी रहेको छ । कामको समयमा आफ्नो व्यक्तिगत विषयका साइटहरु खोल्दा काममा असर पर्नसक्छ । विशेषगरी एउटा कामभन्दा अर्को काम विल्कूलै भिन्न किसिमको रहेको छ भने आफ्नो सावधानी थप बढाउनु जरुरी हुन्छ । विश्वका धेरै कम्पनीहरुले कामभन्दा बाहिरका साइटहरु खोल्ने कर्मचारीहरुलाई सजाय पनि दिने गरेका छन् । साथै आफ्ना केही गोप्य विवरणहरु पनि खुल्ने सम्भावना भएको कारण जुन कामको लागि आएको हो, त्यही कार्यमा दत्तचित्त भएर लाग्नु राम्रो हुन्छ ।
४. प्रमुख प्रतिस्पर्धीमा रोजगारीको अवसरको खोजी
कुनै पनि कम्पनीलाई आफ्नो कम्पनी सबैभन्दा बलियो बनाउने भन्ने सोच हुन्छ । त्यसका लागि कर्मचारीहरुको भूमिका निकै महत्वपूर्ण पनि हुन्छ । यद्यपि त्यसका लागि कम्पनीको प्रमुख प्रतिस्पर्धी कम्पनीलाई उछिन्नु जरुरी हुन्छ । यस्तोमा प्रमुख प्रतिस्पर्धी कम्पनीमा रोजगारीको अवसर खोज्ने कर्मचारीहरु कम्पनीको नजरमा आखाँको तारो बन्न सक्छन् र यसले उनीहरुको काममा पनि असर पार्नसक्छ । साथै उसको आन्तरिक कुरा थाहा पाएपछि कम्पनीले नियमितरुपमा दिनुपर्ने सेवा सुविधा तथा प्रमाणपत्रहरुमा पनि रोक लगाउन सक्छ ।
५. आफ्नो प्रेम सम्बन्धसँग सम्बन्धित विषयहरु
मानिसहरुले आफ्नो प्रेमसम्बन्धसँग सम्बन्धित रहेका विषयहरु पन िकाम गर्दाको समयमा कम्प्युटरबाट खोल्नु हुँदैन । कम्प्युटरमा यस खोलिएका सबै साइटहरुको इतिहास सेभ भएर बसेको हुन्छ, जसको करण कम्पनीले कम्प्युटर चेक गरेको खण्डमा यस किसिमका साइटहरु फेला पर्नसक्छन्, जसले व्यक्तिगत जीवनमा समेत समस्या पार्न सक्छ । साथै यसबाट तपाईँको आन्तरिक विवरणहरु खुल्ने सम्भावना बढी हुन्छ ।
६. विवाह, बिदा वा पार्टीको योजना निर्माणसम्बन्धी साइटहरु
कार्यालयमा काम गर्दाको समयमा कहिल्यै पनि आफ्नो पार्टी, बिदा वा विवाहको योजनाहरु समेटिने किसिमको साइटहरु खोल्नुहुँदैन । यस किसिमका साइटहरुले काममा भन्दा पनि बढी चासो बाहिरी क्षेत्रमा लगाएको जस्तो देखिन्छ, जसको कारण कम्पनीमा तपाईँको नकारात्मक छाप पर्नसक्छ । त्यसका साथै कुनै पनि विषयमा अत्यधिक खोजी गर्ने बानी पनि राम्रो होइन । मानिसहरुले कामको समयमा अतयधिक खोजी गर्नाले आफ्नो अल्पज्ञानलाई पनि दर्शाउँछ । त्यसैले काम गर्दाको समयमा आफ्नो कप्युटरमा जोगिएर काम गर्नुपर्ने हुन्छ ।

फेसबुकमा डेटिङ सर्भिस लञ्च गर्दै

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले डेटिङ सर्भिस लञ्च गर्दै छ । सन जोजमा वर्षेनि आयोजित ‘डेभलपर कन्फ्रेन्स एफ–८’मा कम्पनीले यस्तो घोषणा गरेको हो । कार्यक्रममा डेटिङ सर्भिस सहित अन्य विभिन्न प्रडक्ट र सर्भिस लञ्च गरिएको छ । यो फिचर साँचो र लामो समयसम्म चल्ने सम्बन्धका लागि भएको कम्पनीका सीईओ मार्क जुकरबर्गले बताएका छन् ।
जुकरबर्गका अनुसार फेसबुकलाई अर्थपूर्ण सम्बन्ध शुरु गर्न सकिने स्थान बनाउने उद्देश्यले यसो गरिएको हो । यो फेसबुकको मूल एपभित्रै हुनेछ । तर यसलाई प्रयोग गर्ने कि नगर्ने भन्ने रोजाई भने प्रयोगकर्ताको हुने बताइएको छ । यो एप गोपनियता र सुरक्षालाई दृष्टिगत गरेर बनाइएको छ । कसैले यो फिचर प्रयोग गरिरहेको छ भन्ने कुरा उसको फेसबुक फ्रेण्डहरुलाई थाहा हुँदैन ।
फ्रेण्ड लिष्टमा भएका कुनै साथीले यो एप प्रयोग गरिरहेको छ भने सो साथीको सजेशन आउँछ कि आउँदैन भन्ने बारे भने कम्पनीले केही बताएको छैन । अहिले यो सर्भिसको परीक्षण भइरहेको छ । कम्पनीका अनुसार भविष्यमा यसमा थप फिचर समेत दिन सकिनेछ । यस सर्भिसलाई यूजर प्रोफाइलमा कहिले एड गरिन्छ भन्नबारे पनि केही भनिएको छैन । यसले टिण्डर लगायतका डेटिङ एपलाई कडा टक्कर दिने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here