काठमाडौं / काठमाडौं र संखुवासभामा भएका छुट्टाछुट्टै आगलागीबाट करिब २ लाख ७४ हजार ८ सय रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
काठमाडौं महानगरपालिका-४ आनन्दनगरस्थित पार्किङमा पार्क गरी राखेको बा. १ ख ७६९३ नम्बरको बसको तार सर्ट भई आइतबार राति आगलागी हुँदा बसको सम्पूर्ण सिटहरु जलेर क्षति भएको छ ।
यसैगरी संखुवासभा पाँच खपन नगरपालिका-२ स्याबुन बस्ने ४० वर्षीया कमला श्रेष्ठ लाखेको घरमा सोलारको ब्याट्री सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब २ लाख ७४ हजार ८ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















