बन्द भएका सबै उद्योग सञ्चालन हुन्छने प्रचण्डको दावी

220

विराटनगर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्द भएका उद्योगहरु सञ्चालन गर्न सरकारले पहल गरिरहेको जनाएका छन् ।

उद्योग संगठन मोरङको स्वर्ण जयन्ती समारोहको इतिहास विमोचन र ४६ औं वार्षिक साधारणसभालाई आइतबार विराटनगरमा सम्बोधन गर्दै अध्यक्ष पचण्डले विराटनगर जुटमिलसहित बन्द भएका सबै उद्योगहरु सञ्चालन गर्ने गरी पहल भइरहेको जानकारी दिएका हुन् ।

साथै कार्यक्रममा अध्यक्ष प्रचण्डले कृषिमा आधारित उद्योगहरुलाई प्राथमिकता दिएर अगाडि नबढाएसम्म नेपालमा आर्थिक क्रान्तिको सम्भव नहुने जनाएका छन् । नेपालको बिकासको मुख्य सम्बाहक कृषि र त्यसमा आधारित उद्योगहरु नै भएको अध्यक्ष प्रचण्डको भनाइ छ ।

प्रचण्डले कृषि क्षेत्रमा र कृषिमा आधारित उद्योगहरु स्थापना गरी रोजागारी सिर्जना गरी आयातलाई विस्थापन गरेर निर्यात बढाउने जनाए ।

विराटनगर औद्योगिक नगरीको रुपमा इतिहासमा दर्ज भएको ठाउँ भएको भन्दै उनले विराटनगरको जुटमिलसँगै अरु उद्योगहरुलाई पनि पुनः संचालन र नयाँ स्थापनामा सरकारले जोड दिएको उल्लेख गरे ।

उनले प्रदेश १ को राजधानी विराटनगर राजनीतिक चेतनाका साथै आर्थिक गतिविधिले पनि अग्रणी शहर भएको पनि उल्लेख गरेका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, विराटनगर महानगरपालिकाको प्रमुख भिम पराजुली, उद्योग वाणिज्य महासंघका पर्वअध्यक्ष बिनोदबहादुर श्रेष्ठ, मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा लगायतका उद्योगीहरुले मुलुकको विकासका लागि दलहरु बीच साझा एजेन्डा आवश्यक रहेकामा जोड दिएका थिए ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायसहित पत्रकार गणेश लम्साल तथा मकालु टेलिभिजका संवादाता नविन कर्णलाई कदरपत्रबाट सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here