रातोपाटी डटकमको प्रधानसम्पादकमा जिवेन्द्र सिम्खडा

385

काठमाडौं/ रातोपाटी डटकमले प्रधानसम्पादक ओम शर्माको ठाँउमा जिवेन्द्र सिम्खडालाई नियुक्त गरेको छ । नवनियुक्त प्रधानसम्पादक सिम्खडाले आफू टिमवर्कमा विश्वास गर्ने भन्दै सबै सञ्चारकर्मी इमानदार र सिर्जनशील भएर काम गरे रातोपाटीलाई लोकप्रियताको शिखरमा पु्रयाउन सकिने जनाएका छन् ।

धादिङ दार्खा निवासी सिम्खडाले २०४६ सालको जनआन्दोलन सघाउन निकालिएको समालोचना दैनिकबाट पत्रकारिता सुरु गरेका थिए । त्यसपछि जनमञ्च साप्ताहिक, कान्तिपुर दैनिक, स्पेसटाइम दैनिक, राजधानी दैनिक, समय साप्ताहिक लगायतका पत्रपत्रिकामा कार्यरत सिम्खडा यसअघि अन्नपूर्ण पोस्ट दैनिकको सम्पादक थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here