भक्तपुरमा प्रहरीको इन्काउन्टरमा दुई अपहरणकारी मारिए

229

 भक्तपुर / भक्तपुरको ठीमीमा सोमबार प्रहरीको इन्काउन्टरमा दुई जना अपहरणकारी मारिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख धिरज प्रताप सिंहले आइतबार साँझ आफ्नै डेरा भक्तपुरबाट अपहरणमा परेका बालक निशान खड्का मृत अवस्थामा सोमबार ठिमीमा भेटिएको जनाए ।

अपहरणकारीको लोकेशन ठिमीक्षेत्रमा रहेको जानकारी पाएलगत्तै दुबै जिल्लाका प्रहरीले सर्च अपरेशन सुरु गरेको थियो । अपहरणकारीले खड्कालाई अपहरण गरी करोडौं रकम फिरौती मागेको प्ररम्भिक अनुसन्धानबाट खुलेका छ ।

मुडभेडमा मृत्यु हुने अपहरणकारीहरु :
१. नाम : गोपाल तामाङ
उमेर : २२ वर्ष
ठेगाना : जिल्ला नुवाकोट सामरी

२. नाम : अजयतामाङ
उमेर : २३ वर्ष
ठेगाना : जिल्ला सिन्धुपाल्चोक कर्थली–१ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here