लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि १ सय ७१ रनको उच्च लक्ष्य प्रस्तुत

59

काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबारको दिनको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि १ सय ७१ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेलको ९५ रनको कप्तानी इनिङ्सको मद्दतमा उच्च स्कोर बनाएको हो। उनी जारी एनपिएलमा सर्वाधिक उच्च व्यक्तिगत स्कोर गर्ने खेलाडीसमेत बने। यसअघि एनपिएलमा सर्वाधिक उच्च स्कोर जनकपुर बोल्ट्सका लाहिरु मिलान्थाको नाममा रहेको थियो। उनले विराटनगरविरुद्ध ७५ रन बनाएका थिए।

टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनायो। लुम्बिनीका लागि कप्तान पौडेलले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गर्दै ९५ रन बनाएर अन्तिम बलमा रनआउट भएका थिए। उनलाई टोम मोर्सले ४५ रन बनाएर साथ दिए। उनी पनि रनआउट भएका थिए । मूर्सले ३८ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए। मोर्स र रोहितबीच चौंथो विकेटका लागि १ सय १० रनको सानदार साझेदारी भएको थियो।

त्यसअघि लुम्बिनीका ओपनर आसुतोष घिरैया र उनमुक्त चन्द शुन्य रनमै पेभिलियन फर्किँदा सन्दीप जोरा १८ रनमा आउट भएका थिए। पोखराका लागि विपिन्न खत्रीले २ विकेट लिँदा म्याट क्रिश्चलीले १ विकेट लिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here