सिजन मिडियाको १० औं वार्षिक उत्सव,सम्मान र फेसन शो ( फोटो फिचर)

369
10th year's anniversary Celebration to Season Medial. 2075-04-20

काठमाडौं/ पुर्व मिस नेपाल सुभेच्क्षा खड्का, अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजीन शाक्य, वरिष्ठ पत्रकार डब्बु क्षत्री लगायत करिब दर्जन ब्यक्ति एकसाथ सम्मानित भएका छन् ।

सिजन मिडियाले आफ्नो १० औं बार्षिक उत्सवको अवसर पारेर आइतबार राजधानीको सिडब्लु रेष्टुरेन्ट दरबारमार्गमा आयोजना गरेको एक कार्यक्रममा सबैलाई एकसाथ सम्मान गरिएको हो ।

कार्यक्रममा सुभेच्क्षा खड्का, रोजीन शाक्य, मिस इन्डिया सव कन्टीनेन्ट उप–विजेता नितिका कर्मचार्य, मिस वल्र्ड डाइभरसीटी विजेता युनीता कर्मचार्य, समाजसेवी तथा मिस इकलेज २०१३ उप विजेता नेहा पोखरेल लाई ‘सिजन मिडिया मनोरञ्जन र सौदर्य सम्मान २०१८’ प्रदान गरियो ।

रंगपत्रकार डब्बु क्षत्री र कुबेर गिरीलाई ‘सिजन मिडिया मनोरञ्जन र सौदर्य पत्रकारिता सम्मान २०१८’ द्धारा सम्मानित हुँदा ह्वाइहाउस इन्टरनेशनल कलेजका प्रिन्सीपल युवराज शर्मा, अक्षरा स्कुलकी प्रिन्सीपल अन्जु भट्टराई, नेपाल प्रहरी स्कुल सांगाका प्रिन्सीपल नविनमान श्रेष्ठ , शुभतारा स्कुलका शिक्षक प्रेम गुरुङ ‘सिजन मिडिया शिक्षा सम्मान २०१८’ सम्मानित भए ।

सम्मानित सबैलाई उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री बर्षमान पुन ‘अनन्त’ले माला, दोसल्ला र सम्मान पत्रद्धारा सम्मान गरे ।

कार्यक्रममा मन्त्री पुनले राजनीति भन्दा फरक काममा जोडीन पुगेकोमा नौलो अनुभव भएको बताए । सौदर्यबाट पनि देशलाई बिदेशमा चिनाउन सकिने धारणा मन्त्री पुनले राखेका थिए ।

सिजन मिडियाका अध्यक्ष प्रदीप राज वन्तले १० वर्षको कार्यक्रम मनाउन पाउदा साहै खुसी लागेको बताए । उनले दशबर्षको यात्रामा आफुलाई सहयोग गर्ने सल्लाह दिने सबैमा न्यानो माया समेत ब्यक्ति गरे । भने ‘कार्यक्रममा शिक्षा क्षेत्रमा लामो समय देखि सेवा दिने, पत्रकारिता गर्न, तथा सौदर्यको माध्यमबाट देशको नाम बिदेशसम्म पुर्याउनेलाई सम्मान गर्न पाउँदा खुसी लागेको जनाए ।

सिजन मिडया मार्फत स्कुल तथा कलेजमा अध्ययनरत छात्र छात्राहरुलाई लक्षित गरि शिक्षा, मनोरन्जन, खेलकुद र सौन्दर्यको माध्ययवाट उनीहरुको व्यक्तिव विकास, भाषण कला, नेतृत्वदायी क्षमताको विकास, अनुसासन ,आन्तरीक कला प्रर्दशन र उच्च शिक्षामा सहयोगीको भुमिका खेल्दै वार्षिक रुपमा ६ ओटा सौन्दर्य प्रतियोगीता र अन्य मनोरन्जनात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

कार्यक्रममा सिजन मिडियाले अवको दिनमा प्सटु कलेजका छात्रहरुलाई लक्षित गरि कलेज हेन्डसम लगयात खेलकुद विधा तर्फ मध्यनजर गर्दै इन्टर कलेज प्लस टु फुटसल टुर्नामेन्ट आयोजना गर्ने घोषणा समेत गरियो ।

एजुकेशन एण्ड व्यूटी मासिक पत्रिका नियमित रुपमा प्रकासन गर्ने र एजुकेशन एण्ड व्युटी कार्यक्रम पनि टेलिभजन मार्फत छिटैं प्रसारण गर्ने योजनामा आगामी दिनमा मिडियाले जनाएको छ ।

कार्यक्रममा सिजन मिडियाबाट बिभिन्न समयमा आयोजित सौदर्य प्रतियोगीताका बिजेताहरु साथै नेपाल एयर होस्टेस एकाडमीमा अध्ययन रत विद्यार्थीहरुले बिभिन्न थिममा फेसन समेत ¥याम्पमा प्रस्तुत गरेका थिए । सम्मान र फेसन शोले भरिएको कार्यक्रम सुरुदेखि अत्यसम्म रंगिन बनेको थियो ।

कार्यक्रममा मिडियाको १०औं बर्ष पुगेको उपलक्ष्यमा केक समेत काटिएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here