सूचना विभाग जारी प्रेस पास अनिवार्य गर्ने निर्णयबाट प्रशासन पछि हट्यो

189

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञाका समयमा पत्रकारका लागि सूचना विभागबाट जारी प्रेस पास अनिवार्य गर्ने निर्णयबाट प्रशासन पछि हटेको छ ।

सञ्चार संस्थामा कार्यरत सबै पत्रकार नहुने र सबैले सूचना विभागको प्रेस पास नलिने भन्दै सर्वत्र आवाज उठेपछि उक्त निर्णय तत्कालका लागि कार्यान्वयन नगर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

प्रेस पासको हकमा सम्बन्धित सञ्चारमाध्यमले उपलब्ध गराएको सूची हेरेर मात्र निर्णय गरिने उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here