नेपाल प्रहरी श्रीमती संघको ३४औं वार्षिक साधारणसभा सम्पन्न

349

काठमाडौं/ नेपाल प्रहरी श्रीमती संघको ३४औं वार्षिक साधारणसभा भृकुटीमण्डपस्थित संघको कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमीला खनालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा संघकी अध्यक्ष खनालले संघ स्थापनादेखि नै समाजसेवाको भावले सेवामुलक, परोपकारी एवं मानवीय कल्याणका कार्यक्रममा सक्रिय रहँदै आएको जनाउनुभयो । सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा संघले संचालन गरेको गतिविधिमा सबैको सहयोग, समन्वय र कार्यगत एकताले लक्षित उद्देश्य प्राप्त गर्न सफलता मिलेको उहाँले उल्लेख गर्नुभयो ।

सामूहिक कार्यमा संघमा आवद्ध सम्पूर्ण सदस्यहरूबाट सिर्जनात्मक सल्लाह र सुझाबको अपेक्षा राखेको बताउँदै उहाँले आगामी दिनमा समेत नयाँ सेवामूलक कार्यक्रममा प्रभावकारी भूमिकाका साथ अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा संघकी प्रशासन सचिव श्रीमती निलु न्यौपानेले बार्षीक गतिविधि प्रस्तुत गर्नुभएको थियो भने संघकी कोषाध्यक्ष श्रीमती ममता राणाले आर्थिक वर्ष २०७४र०७५ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here