काठमाडौं/ राजधानी नजिकै रहेरपनि दुर्गम कर्णालीको नियति भोग्न बाध्य ललितपुर दक्षिण पश्चिम क्षेत्र कोञ्ज्योमसोम गाउँपालिकालाई जिवित तामाङ सभ्यता केन्द्रका रुपमा उत्थान गरिने प्रतिवद्धता व्यक्त गरिएको छ ।
नल्लु पाथिभरादेवी प्रतिकृति मन्दिरको तेस्रो साधारण सभामा शनिवार स्थानिय जनप्रतिनिधिहरुले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
पुर्वि नेपालको ताप्लेजुङग जिल्लाको मुल पाथिभराको हुवहु प्रतिकृतिदेवीलाई अभियानकर्ता रमेशकुमार श्रेष्ठ (रमेश गूरु)द्धारा संकल्पगरी स्थापित पाथिभरादेवस्थलकालागि स्थानिय जयबहादुर स्याङतानबाट तीन रोपनी जग्गा उपलव्धपछि अभियानले सार्थकता पाएको हो ।
स्थानिय भन्छन्,,मन्दिर स्थापनाअघिनै भव्य मेला लाग्ने पाथिभरासंगैको रुखमुनि दोपाया,चौपाया वलि दिई भाकल पुरा गराउन आउनेहरुको लाम लाग्थ्यो । अचम्मको कुरा हो,, जव पर्वको बेला हुन्थ्यो तव तव डाँडामा राति सेतो बाघ देवस्थलमादेखिन्थ्यो । त्यो बाघलाई देख्नेगरी भारदेवबाट प्रकाश पुञ्ज देखा पर्दथ्यो ।
यी र यस्तै अलौकिकताले स्थानियमा देवस्थल स्थापनामा ईच्छा जागेको बताएका थिए । अभियानलाई सार्थक बनाउन योगदान पुरयाउनुहुने पुराना गायक तथा संगितकार जगमोहन वामी, विमला कार्की,लिला थापा,पवन न्यौपाने,स्व.चुन्नु साह,निर्मला राई,सविता थापा,रमाकार्की,शंकरसिंह बस्नेत,मिना श्रेष्ठ,विनोद श्रेष्ठ,शंकर सिंह कार्की, सुकवहादुर देउला,अञ्जली कटवाल,राजकुमार श्रेष्ठ,रेखा रंजित श्रेष्ठ,भुवन श्रेष्ठ,पुर्णिमा दर्शन,,,रिता गुरुङ,भगतसिंह वस्नेत,लक्ष्मी वस्नेत,गंगा श्रेष्ठ,राजेश राज भण्डारीलगायत ३२ जना दाता तथा सहयोगीहरुलाई अभिनन्दन गरिएको थियो ।
नल्लु पाथिभरा देवस्थल दुर्गम ताप्लेजुङगकी किरातदेवी पाथिभरा पुग्न नसक्नेहरुका लागि दर्शन सहज भएको भन्नुहुदै कोञ्ज्योमसोम गाउँपालिका प्रमुख गोपिलाल सिंतानले दुर्गम गाउँपालिकालाई पर्यटकिय हव बनाउँन आफुले ३ करोड १०लाखको वजेट विनियोजन गरीवडा नं ५मा गुप्तेश्वर महादेवस्थलमा त्रिदेव क्योञ्ज्योमसोम तामान्ग संग्रहालय, १७ लाख ५०लाख विनियोजनगरी नल्लु पाथिभराको प्रवद्र्धनमा प्रयास थालिएको बताउनुभयो। उहाँले स्थानियको साथमा वडा नं १मा खेलकुड मैदान, दहचोकीमा पर्यटक प्रवद्र्धन गर्न भ्यु टावर निर्माण गर्ने तय भैसकेको स्पष्ट पार्नुभयो ।
वडा नं ४ का वडाध्यक्ष तिर्थ घलानले जननिर्वाचित स्थानिय निकाय संग सहकार्य गरी अगाडि बढे आफनो तर्फबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । सो साधारण सभाले गणेशबहादुर घलानको अध्यक्षतामा १५सदस्य निर्विरोध कार्यसमिति चयन गरियो ।
उपाध्यक्षमा रोशन श्रेष्ठ,सचिव संगम घलान,सहसचिवमा पवन न्यौपाने,कोषाध्यक्षमा पुजन वस्नेत र सहकोषाध्यक्षमा विरेन्द्र खत्री चयन भएका छन्भने सदस्यहरुमा गोकुल देशार,रमिता राणा विष्ट,कमला वानिया,मदन घलान,राजकुमार स्यान्तान,राजेन्द्र स्यान्तान,यज्ञबहादुर घलान चयन हुनुभएको छ ।


















