काठमाडौं/ पछिल्लो समय रेडियो तथा स्टेज कार्यक्रम सञ्चालकको रुपमा निकै नै लोकप्रियता कमाएका युवा सञ्चारकर्मी टम्पशेर राईले ‘बाबाले रोजेको’ गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतको म्यूजिक भिडियोमा अहिलेका चर्चित मोडल पुष्प खड्का र अस्मीता राईले अभिनय गरेका छन् । पुष्पले सयौँ गीतमा अभिनय गरीसकेका छन् भने, अस्मीता मिस राई २०१६ की सेकेन्ड रनरअप समेत हुन् ।
‘बाबाले रोजेको’ बोलको गीतमार्फत कलाकारितामा डेब्यु गरेका सञ्चारकर्मी राईको आफ्नै शब्द संगीत तथा प्रथम नेपाली तारा दीपक लिम्बू र नव गायीका अल्का कार्कीढोलीको आवाजमा रहेको ‘बाबाले रोजेको’ गीतको भिडियो सार्वजनिक भएको छ ।
गीत सार्वजनिक भएसँगै आफूलाई व्यक्तिगत भेटेर, सामाजिक सञ्जाल र फोनमार्फत सकारात्मक प्रतिक्रिया आइरहेको संगीतकार टम्पशेर राईले जनाए ।


















