अवैध लागूऔषध सहित पक्राउ 

138

काठमाडौं ।  तनहुँकाे आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट करिब ७ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङजा वालिङ नगरपालिका-१ बस्ने २४ वर्षीय बिशाल सुनार र सोही नगरपालिका-९ बस्ने २४ वर्षीय आकाश तामाङ रहेका छन् ।

ग.१ ख ६०१९ नम्बरको बसलाई अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

दाङकाे घोराही उपमहानगरपालिका-१७ भानु महराबाट करिब ७ ग्राम ८७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका-१४ बस्ने २४ वर्षीय पुजन राज कुँवर लगायत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले घोराही उपमहानगरपालिका-१७ भानु महरा बस्ने २७ वर्षीय सुबास जिएमको घरमा तलासी गर्दा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले रा.२ प ७८५० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । हाल फरार सुबासको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here