टेलिकमले साढे ५ अर्ब बढी नाफा कमायाे

28

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म नेपाल टेलिकमले साढे ५ अर्ब बढी नाफा कमाएको छ । टेलिकमले सोमबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीले चैत मसान्तसम्म ५ अर्ब ५९ करोड ३७ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको हो ।

उक्त रकम गत आ.व. को सोही अवधि (२०७९ चैत्र मसान्त)को खुद मुनाफाको तुलनामा ३.३६ प्रतिशत अर्थात १८ करोड १७ लाख ९३ हजार रुपैयाँ बढी हो । गत आ.व.मा कम्पनीले ५ अर्ब ४१ करोड ४१ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, समीक्षा अवधिमा टेलिकमको कुल आय ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

उक्त रकम गत आवको सोही अवधिमा ३३ अर्व ८५ लाख ६५ हजार रुपैयाँ रहेको थियो । सो को तुलनामा यस अवधिमा कम्पनीको आय २ अर्ब ३७ लाख ७ हजार रुपैयाँ अर्थात ६.०३ प्रतिशतले कमि हो ।

यसैगरी टेलिकमको कुल सञ्चालन २५ अर्ब ४८ करोड १२ लाख ८९ हजार रहेको छ । उक्त रकम गत आवको तुलनामा १ अर्ब ८६ करोड ५३ लाख ५८ हजार (अर्थात ६.८२ प्रतिशत) ले कमी हो । गत आव चैत मसान्तसम्म कम्पनीको कुल सञ्चालन आय २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ४४ पैसा रहेको छ । गत आवको तेस्रो त्रैमासिक अवधिको तुलनामा चालु आवको सोहि अवधिमा ओटिटि सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा करिब ९४ करोड ४९ लाख २९ हजार रुपैयाँले कमी भएको टेलिकमले जनाएको छ ।

राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्र�