अन्तिम इच्छापत्र लेखेको ठाउँमा पुग्दा

310

डा. दीपेन्द्र रोकाया
२० वर्षपछि बाजुराको सदरमुकाम मार्तडीमा पुगे । वि.सं. २०४६, २०५५ र २०७५ सालमा देखेको भोगेको मार्तडीको रूप, रंग सबै फरक छन् । मैले यी तीन वटै समयको अनुभव भन्न खोज्नुको विशेष अर्थ रहेको छ । सबभन्दा पहिले म ११ वर्षको थिएँ, म दाजुहरूको पछि लागेर मार्तडी बगर हुँदै काला पहाडतिर छिरेको थिएँ । जतिबेला मैले २२ दिन खाली खुट्टा हिडेर वैतडीको झुलाघाट पुल तरेपछि पहिलो पटक बस चढेर भारतको पिथौरागढ पुगेको थिएँ । त्यस समयमा तल बगरबाट देखिएको मार्तडी अड्डो मेरो कल्पनामा भव्य ठाउँ हो भन्ने लागेको थियो । त्यहाँ गएर बस्न, हेर्न पाए हुन्थ्यो भन्ने लागेको थियो ।

 

जोगवीर काका र मैले नेपालगञ्जबाट हुम्ला जाने टिकट नपाएपछि बाजुराको कोल्टीबाट हुम्ला जाने निर्णयमा पुगी वि.सं. २०५५ माघ २२ गते दिउँसो तत्कालीन शाही नेपाल वायु सेवा निगमको जहाजबाट कोल्टीमा अवतरण गरेका थियौं । जब जहाजले कोल्टीको घाँसे मैदानमा अवतरण ग¥यो, प्रहरीहरूले चारैतर्फबाट घेरा लगाएको देखियो । एक एक चेक गरियो । जब मेरो झोला र मलाई देखे, तपाईंसँग एकछिन कुरा गर्नु छ भनेर त्यो हुलबाट छुट्याइयो ।
मलाई उनीहरूले हवाई मैदानबाटै अपहरण गरेको दृश्य सयौं कोल्टीवासीले हेरिरहेका थिए । त्यस जहाजबाट माओवादीको केन्द्रीय नेता आउँदै छ भन्ने हल्ला कोल्टीमा व्यापक प्रचार भएको रहेछ, जसका कारण मलाई हेर्न त्यो हुल त्यसरी जम्मा भएको रहेछ । त्यतिबेला माओवादीहरू रहस्यका पात्रहरू थिए । खासमा म हुम्ला डाँडामाथिको जुन वेलजस्तो उमेरमा रहेका बुबा बिरामी हुनुहुन्छ, मेरो सौराईले निकै भावुक भई रोएका प्रशंगहरूबाट प्रभावित भई घर फर्केको थिएँ । राजनीतिप्रति आकर्षित भई सकेको थिएँ तर राज्यले दाबी गरेजस्तो तहको जिम्मेवारी लिएको व्यक्ति थिइनँ । त्यसबेला म राजनीतिक रूपमा अखिल (क्रान्तिकारी) हुम्ला–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष थिएँ । व्यावसायिक रूपमा जनादेश साप्ताहिकको संवाददाता भई पत्रकारिता गरिरहेको थिएँ । यिनै कुरालाई आधार बनाएर अपहरण गर्नेहरूले मलाई मार्तडीमा पु¥याएका थिए ।

 

मलाई मार्तडीतिर लगेको देख्ने कोल्टीबासीले यो केटो पौरख्या लेकमै लापत्ता पान्र्छन् होला भन्ने अनुमान लगाएका रहेछन् । मलाई छोड्न नसकी म सँगै पछि लागेर जानु भएका काकालाई पनि त्यही अनुभूति भएको रहेछ । संयोगले मार्तडी पु¥याइयौं । ओहो ! मैले त बाँचुला भन्ने एक इन्च पनि आश गर्न सक्ने अवस्थामा रहिनँ । यातनालयको सचित्र बयान मेरो नाफाको जिन्दगी भन्ने पुस्तकमा उल्लेख गरिसकेको छु । म ती दिनहरू नसम्झु भन्दा पनि सम्झन बाध्य छु । किनकि मैले त्यही समयमा आफ्नो जीवनलाई आफ्नै हातले राजीनामा लेख्न बाध्य भएँ । त्यो मेरो मृत्युपत्रमाथिको हस्ताक्षर थियो । ती दिनहरू कम्ता सकसपूर्ण थिएनन् । यद्यपि मैले मृत्युमाथि जितेको समय पनि थियो त्यो ।
आज म त्यही ठाउँमा बाजुराका जनताको जीविकोपार्जनसम्बन्धी अध्ययन गर्न आइरहेको छु । यो यात्रा पनि सोचेभन्दा बिलकुल भिन्न तरिकाले भयो । काठमाडौंबाट धनगढीसम्म बुद्ध एअरको जहाज र त्यहाँबाट जीपमा एकै दिनमा मार्तडी पुगियो । यातायातको पूर्वाधार निर्माण हुनाले काठमाडौंदेखि एकै दिनमा बाजुरा पुग्न सम्भव भयो । मैले धेरै अघिदेखि यातायात पूर्वाधार नबन्दासम्म विकासको पहुँच विस्तार हुँदैन भनी निरन्तर पैरवी गर्नुको गतिलो उदाहरण यो पनि हो । म चाहन्छु, यसैगरी काठमाडौंबाट मेरो प्यारो हुम्ला पनि एकैदिनमा पुग्न सक्ने संरचना बनोस् । मार्तडीमा साँझ पर्दा पुगियो । अपि होटलमा बस्यौं । त्यहाँबाट बजारको रात्रिकालीन गतिविधि सहजै नियाल्न सकिन्थ्यो । मार्तडी पुगेपछि भावनात्मक रूपमा उद्वेलित बनेँ । यसैले अर्को दिन बिहानै उठेर लक्षित कार्यक्रमका लागि बडिमालिका नगरपालिकाको कार्यालयमा गयौ । मेयर पदम वडुवाल, उपमेयर कविता विष्ट, उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकाया लगायतका व्यक्तित्वसँग भेटघाट ग¥यौं । यो भेटघाट भावाना साटासाटका हिसाबले महत्वपूर्ण बन्यो ।

 

उक्त कार्यक्रमपछि मेरो जिल्लावासी मित्र नरवीर ऐडीलाई जिल्ला समन्वय समितिमा भेटेँ । प्रमुख जिल्ला अधिकारी लोकराज बराल, डिएसपी सागर बोहरा, जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकायालाई भेटेर नाफाको जिन्दगी उपहार दिएँ । उहाँहरूसँग आकस्मिक रूपमा भएको भेटघाट तथा मेरा भावोउत्तेजक भनाइले अरु थप कुरा केही पनि भएन । प्रशासनमा असारे कामको चाप पनि देखिन्थ्यो नै । त्यसपछि मैले पत्रकार महासंघ बाजुराका साथीहरूसँग बसेँ । आफ्नो विगत र वर्तमानका अनुभूति सुनाएँ । अन्तमा जिल्ला प्रहरी कार्यालयभित्र छिरेँ । जहाँ मलाई बाँधिएको, झुण्ड्याइएको, उत्तानो पारेर पाइपले पैतलामा हान्ने र त्यसपछि घंगारुको लठ्ठीले त्यसै पैतलामा हान्दा पानीको पाइप फुट्दा पानी छिर्केर निस्केझै मेरा पैतलाबाट रगतको छिर्का माथि भित्तामा ठोकिएर चुहेको ठाउँहरू हेर्न गएँ । त्यो भवन त भत्किएछ । संयोगले त्यस्तै डिजाइनको भवन एउटा मात्र भवन बाँकी रहेछ । त्यसको फोटो लिएँ । त्यस डाँडाको पुरानो मानचित्रले मलाई निकै भावुक बनायो । म हरेक कुरा सकारात्मक कोणबाट सोच्ने व्यक्ति भएकाले मेरो लागि त्यतिखेर बनेको नर्क क्षेत्र अबका दिनहरूमा त्यस्तो कोही कसैका लागि पनि नबनोस् भन्ने चाहना राख्दछु । मलाई यहाँ यातना दिनेहरूको नाम थाहा छ, तर उनीहरूको नाम मैले किताबमा भोलिको संवेदनशीलताका कारण उल्लेख गरिनँ ।

 

म राजनीतिक द्वन्द्व व्यवस्थापनको एक विद्यार्थी भएका नाताले मलाई थाहा छ, छानबिन गर्ने, न्याय दिने, माफ गर्ने र सद्भाव कायम गर्ने सत्य निरूपणको कार्यगत प्रक्रिया । तर यो देशमा विधिको शासन प्रवाह हुने आधार बन्न निकै ढिला भइरहेको छ । बल्ल आएर स्थायी सरकार बन्ने अवस्था आएको छ । वास्तवमा भन्ने हो भने तत्कालीन प्रधानमनत्री गिरिजाप्रसाद कोइराला र प्रचण्डले बाह्य प्रभावमा नपरी अगाडि बढेको भए आज तीन तहको निर्वाचन र गाउँगाउँमा सिहदरबार पुग्ने कार्य ८ वर्ष अगाडि नै भइसकेको हुने थियो । मैले मार्तडीमा आफ्नो रगतको मूल्य खोज्दा गम्न पर्ने स्थिति आउँदैनथ्यो । म मार्तडीलाई सलाम पनि गर्दछु कि, यसले मलाई यमदूतदेखि यमराजसम्म वार्ता गर्न सक्ने बनायो । सत्य कुरामा आँखामा आँखा जुधाएर बोल्न सिकायो । छाती खोलेर जहाँ गए पनि बोल्न सक्ने बनायो । त्यतिबेलाको मेरो कमाण्डर थ्याङ्क यु मिस्टर ग्ल्याड थिए भने आज म आफ्नो कमाण्डर आफै भई लागेको कुरा गरिरहेको छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here