काठमाडौं । बल्खु स्थित परिक्षा नियन्त्रण कार्यालयको कम्पाउण्ड भित्र फोहर फाल्ने डम्पिङ साइट बनाइएको छ । जनधारणा साप्ताहिक, स्वाभिमान नेपाल मासिक र swaviman.com अनलाइनको कार्यालय सामुन्ने अन्दाजी १० मिटर दुरीमा उक्त डम्पिङ बनाइएको छ । प्रत्येक दिन ५० किलो जती फोहर संकलन हुने पनिकाले बनाएको उक्त डम्पिङ साइटमा थुपारेको फोहरको दुर्गन्ध फैलिन सुरु भइसकेको छ । सो डम्पिङको कारणले गर्दा भुसुना किराको प्रकोप बढिरहेकोछ ।
पनिकाका नियन्त्रक पुष्पराज जोशीलाई ६ महिना अगाडी नै डम्पिङ हटाउन स्थानीयबासीहरुबाट अनुरोध गरिएको थियो । नियन्त्रक जोशीले प्रशासनलाई आदेश भैसकेको जानकारी गराउँदै छिटै व्यवस्था गरिने आश्वासन दिनुभएको थियो, तर पनि डम्पिङ हटाईएको छैन । शिक्षित जनशक्ति उत्पादन गर्ने देशकै सबैभन्दा जेठो विश्वविद्यालयको रुपमा रहेको त्रिभुवन विश्वविद्यालयको यस्तो जनस्वास्थ्य विरोधी काम आफैमा लज्जाजनक हो । पनिकाले गरिरहेको यो फोहरी कामले स्थानीयबासीहरुमा आक्रोस पैदा गराएको छ ।


















