स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई पक्राउ

58

सुनसरी ।  ठूलो परिमाणमा स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । विराटनगर भन्सार कार्यलयको २ नम्बर ढाटबाट उनीहरु शुक्रबार पक्राउ परेका हुन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका भारत विहारका ८१ वर्षीय राम नरेश सिंह र रतिश पासवान स्रोत नखुलेको सात लाख ७९ हजार भारतीय रुपैयाँँ अर्थात १२ लाख ४६ हजार ४ सय नेपाली रुपैयाँसहित पक्राउ परेका हुन् । पासवान सिंहको गाडी चालक हुन् ।

शुक्रबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०१ पीजी २११५ नम्बरको भारतीय गाडीलाई जाँच गर्ने क्रममा सो परिमाणमा स्रोत नखुलेको भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

विराटनगर भन्सार कार्यालय २ नम्बर ढाटमा सशस्त्र प्रहरीका सहायक निरीक्षक प्रमेश श्रेष्ठको कमाण्डमा रहेको टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त रकम फेला परेको सशस्त्र प्रहरी बराह बाहिनी पकलीका डिआईजी अन्जनी पोखरेलले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिको साथबाट दुई थान मोबाइल सेट पनि बरामद भएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामग्रीसहित पक्राउ परेका उनीहरुलाई राजस्व अनुसन्धान इकाइ कार्यलय इटहरीमा पठाउने तयारी गरिएको डीआईजी पोखरेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here