काठमाडौं । सानिमा बैंकले श्रावण महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई बिषेश उपहार दिने योजना बनाएको छ । २०७५ श्रावण महिना भरी चल्ने यो योजना सानिमा बैंकको मुख्य कार्यालय नक्साल लगायत देशै भरीका ७३ शाखाहरुबाट खाता खोल्ने महिला ग्राहकहरुलाई बिषेश उपहार प्रदान गरिने बैंकले जनाएको छ ।
साथै बैंकले निम्न आर्थिक अवस्था भएका महिलाहरुलाई उपचारका लागि प्रति व्यक्ति रु. २० हजार नबढ्नेगरि सहयोग गर्दै आएको छ । यसका लागि बैंकले पाटन अस्पताल सँग सहकार्य गरी आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।















