त्रिवि क्रिकेट मैदानको प्यारापिटमा सिट जडान शुरू

32

काठमाडाैं । कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य शुरू भएको छ ।

रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गएको फागुनदेखि काम शुरू भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ ।

निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्शनका इन्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेँलो, सेतो, खैरो, हरियो, नीलो र सुन्तला रङ्गका कुर्सी जडान हुनेछन् ।

प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ ६ र पूर्वतर्फ दुईगरी ८ खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा ६ सय ५२ वटा कुर्सी राखिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here