काठमाडौं । बंगलादेशमा डाक्टर पढ्न जाने महिलाकोबारेमा विवादस्पद अभिव्यक्तिपछि कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् ।
बंगलादेशमा पढ्ने नेपाली विद्यार्थीहरूबारे आपत्तिजनक अभिव्यक्तिका कारण आलोचित बनेका मन्त्री तामाङलाई सोमबार बेलुका बसेको नेकपा सचिवालय बैठकले पद त्याग्न निर्देशन दिएको थियो। निर्देशन अनुसार तामाङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी मंगलबार राजीनामा दिएका छन्।
सचिवालय बैठकको निर्देशनअनुसार तामाङले दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी पद त्याग गरेका हुन् । उनले बंलादेशमा डाक्टर पढ्न गएका नेपाली युवतीहरुबारे आफूले गरेको विवादास्पद टिप्पणीप्रति माफी पनि मागिसकेका छन्।


















