भोलिदेखि आकस्मिक बाहेकका सबै सेवा अनिश्चितकालसम्म ठप्प

203

शुक्रबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवाहरु  बन्द हुने भएको छ । नेपाल चिकित्सक संघले सो बन्द अनिश्चितकालसम्म गर्ने भएको हो ।

संघले पत्रकार सम्मेलन गर्दै १५ औं पटक अनसन बसेका डा.गोविन्द केसीको मागमा सरकारले सुनुवाई नगरेको भन्दै संघले अनिश्चतकालसम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने जानकारी दिएको छ । डा केसीको जीवनरक्षाको लागि सरकारी वार्ता टोली जिम्मेवाररुपमा अगाडी नबढेको संघको आरोप छ।

अनसनरत डा.केसीको स्वास्थ्यलाई लिएर कुनै पनि बेला अप्रिय र दुःखदायी घटना हुनसक्ने परिस्थितिलाई गम्भीर रुपमा मनन गरेको पनि संघले जनाएको छ।

नेपाल सरकार तथा डा केसी पक्षधर वार्ताटोलीलाई गम्भीर रुपमा प्रस्तुत भई जिम्मेवारी बोधकासाथ अगाडि बढ्न संघले आग्रह गरेको छ।

डा केसी आमरण अनसनमा बसेको विषयलाई लिएर कतिपय चिकित्सक, मिडिया तथा सामाजिक सञ्जालमा झुटा, कपोकल्पित र अस्वाभाविक टिकाटिप्पणी गरिएकोप्रति संघले आपत्ती जनाएको छ।

डा केसीको जीवनरक्षाका लागि संघले शुक्रबार देखि आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा अनसन नतोडिउन्जेलसम्म बन्द गर्ने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here