१५ औं वर्षमा प्राइमलाइफ इन्स्योरेन्स प्रवेश

91

काठमाडाैं । प्राइमलाइफ इन्स्योरेन्स कम्पनी जेठ २२ गतेदेखि १५ औं वर्षमा प्रवेश गरेको छ ।  कम्पनीको हाल चुक्ता पुँजी २७८ करोड रहेको छ भने जीवन बीमा कोष  १७६३ करोड रहेको छ ।

यस्तै हालसम्म आर्जन गरेको कूल बीमाशुल्क २६०४ करोड रहँदा कूल बीमालेख संख्या १,७५९,३४४ र लगानी १८.३४ करोड रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाल कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलव्ध गराएकोमा ग्राहकहरुले आवश्यकताका आधारमा जुनसुकै बीमा योजना अन्तर्गत बीमा गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सिरहा जिल्ला सखुवा नन्करकट्टी गाउँ पालिका वडा नं ०१ (मैवाही) क्षेत्रका मुसहर परिवारलाई भाडाकुडा हस्तान्तरण भएको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here