देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने

85

काठमाडौं । देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम आंशिक बदली भएको हो ।

हाल प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य क्षेत्रमा आंशिक बदली रहेको छ।

मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य क्षेत्रको मौसम आंशिक बदली हुनेछ ।

प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैगरी राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

यसैबीच प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरु तथा बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाका साथै हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here