केसी र सरकारबीच भएको सहमति पत्र उपलब्ध गराउन माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध

271

डा. गोविन्द केसी र सरकारबीच भएको सहमति जानकारी नगराएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संसद अवरुद्ध गरेको छ।

बैठक सुरु हुनसाथ कांग्रेस सांसदले केसी र सरकारबीच सहमति उपलब्ध गराउन माग गरेका थिए । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ९ बुँदे सहमति भएको  मात्र जानकारी गराएका थिए।

उक्त सहमति पत्र सांसदलाई उपलब्ध गराउन माग गर्दै कांग्रेस सांसद सीटबाट उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले संसद स्थगित गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here